२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

चोलेन्द्रले आक्रोशित हुँदै भने सुरक्षाकर्मीले निवास घेरे पछी म कसरी निस्कन सक्छु 

Logo
प्रकाशित आइतबार, आश्विन ०२, २०७९

 

(ABC-Sanchar)

काठमाडौं । सर्वोच्च अदालत फर्कने आफ्नो प्रयासमा सरकारले बाधा पारेपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आक्रोशित बनेका छन् ।

निवासमै रहेको वा निस्किएको भन्नेबारे प्रतिक्रिया लिन खोज्दा उनले आक्रोशित हुँदै भने, ‘सरकारले बिहानैदेखि निवासअगाडि सुरक्षाकर्मी तैनाथ गरेको छ । बाहिर निस्कन दिएका छैनन् । अनि, कसरी सर्वोच्च पुग्नु ?’

उनी बसिरहेको बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारीनिवासअगाडि अहिले पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । उनीहरू बिहानैदेखि त्यहाँ खटिएका हुन् ।

उनले आफू सर्वोच्च जाने तयारीमा रहे पनि सरकारले निवासमै रोकिदिएको बताए । ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ । तर, सरकारले निवासमै रोकिदियो । निवासबाहिर प्रहरी तैनाथ गरिएको छ,’ उनले भने ।

उनलाई रोक्न नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरू पनि सर्वोच्च परिसरमा तयारी अवस्थामा छन् । सर्वोच्च गेटमै पनि व्यापक रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । नयाँ-पत्रिकाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]