०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

माओवादी केन्द्रले समानुपातिकमा बाबुराम भट्टराईलाई दियो ५ वटा सिट

Logo
प्रकाशित सोमबार, आश्विन ०३, २०७९

(ABC-Sanchar)

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

माओवादीले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका पाँच जनालाई प्रतिनिधिसभातर्फ उम्मेदवार बनाइएको महासचिव देवप्रसाद गुरूङले जानकारी दिए ।

महासचिव गुरुङका अनुसार प्रदेश सभातर्फ पनि समाजवादी पार्टीका नेताहरू उम्मेदवारमा परेका छन् । उनका अनुसार मा‌ओवादीले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जनाको नाम समावेश गरेर बन्दसूची पेश गरेको छ ।

महासचिव गुरूङ र उपमहासचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल समानुपातिक उम्मेदवारको बन्दसूची लिएर आज आयोग पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!