२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

निर्वाचन आयोगमा प्रतिनिधि सभा ११ दल र प्रदेशसभा ४० दलले पेस गरे समानु पातिक बन्दसूची

Logo
प्रकाशित मंगलबार, आश्विन ०४, २०७९


(ABC-Sanchar)
काठमाडौँ । अगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका राजनीतिक दलले समानुपातिकतर्फ बन्दसूची पेस गरिरहेका छन् । निर्वाचन आयोगले असोज २ र ३ गते दिएको समयावधिको दोस्रो तथा अन्तिम दिन सोमबार साँझसम्म प्रतिनिधिसभातर्फ ११ दलले र प्रदेशसभातर्फ ४० दलले बन्दसूची पेस गरेका छन् ।

निर्वाचन आयोगको परिसरमा बन्द सूची पेस गर्न प्रवेश गरिसकेकाले रातिसम्म पनि पेस गर्न सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । उनका अनुसार साँझसम्म प्रतिनिधिसभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, मितेरी पार्टी नेपाल, जनमत पार्टी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बन्दसूची पेस गरेको छन् ।

साँझसम्ममा सात दलले, मधेस प्रदेशमा ६ दलले, बागमती प्रदेशमा ७ दलले, गण्डकी प्रदेशमा ५ दलले, लुम्बिनी प्रदेशमा ४ दलले, कर्णाली प्रदेशमा ४ दलले र सुदूरपश्चिम प्रदेशमा ७ दलले बन्दसूची पेस गरेका छन् । प्रमुख राजनीतिक दलले भने अहिले बन्दसूची पेस गरिरहेका छन् ।

बन्दसूची पेस गरिसकेपछि मिले नमिलेको जाँचबुझ गर्ने कार्य असोज ४ गतेदेखि सुरु हुने समानुपातिक तर्फका सहायक निर्वाचन अधिकृतसमेत रहेका सहसचिव यज्ञप्रसाद भट्टराईले नेपाल प्रेससँग बताए । उनका अनुसार त्यसपछि राजनीतिक दललाई एक साताको सयमावधी दिएर बन्दसूची मिलाउनका लागि सूचना जारी गरिनेछ । बन्दसूची मिलाउँदा कलस्टरअनुसार नमिलेको मिलाउन पाइने, क्रमसंख्या तलमाथि गर्न पाइने तर, पेस गरेको संख्या भने घटाउन र बढाउन नपाइने आयोगले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि समानुपातिकतर्फ ७६ दलले निवेदन दर्ता गराएका थिए भने प्रदेशसभा निर्वाचनमा भाग लिनका लागि समानुपातिकतर्फ प्रदेश एकमा ६३ दल, मधेस प्रदेशमा ६७ दल, बागमती प्रदेशमा ६६ दल, गण्डकी प्रदेशमा ६० दल, लुम्बिनी प्रदेशमा ६२ दल, कर्णाली प्रदेशमा ५७ दल र सुदूरपश्चिम प्रदेशमा ५८ दलले निवेदन दर्ता गराइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!