२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा रहदा उत्कृष्ट काम गरेका एसपी मानपदवी अलंकार र पदकबाट विभूषित

Logo
प्रकाशित मंगलबार, आश्विन ०४, २०७९

 

(सागर थापा)

दाङ । करीव १५ महीना उत्कृष्ट काम गरेर हालै सरुवा भएका एसपि सुरेश काफ्ले पदकवाट सम्मानित भएका छन् । नेपाल सरकारले एसपि काफ्लेलाई नेपाल प्रताप सुभुषण पदक प्रदान गर्ने घोषणा गरेको हो ।
आठौं संविधान दिवसका अवसरमा काठमाण्डौमा आयोजित एक समारोहमा सरकारले एसपि काफ्लेले जिल्लामा रहदा शान्ति सुरक्षा कायम गर्ने सवालमा उत्कृष्ट कार्य सम्पादन गरेको मुल्याङ्कन गर्दै उनलाई उक्त पदक दिने सरकारले घोषणा गरेको हो ।

दाङमा रहदा उत्कृष्ट काम गर्ने एसपि सुरेश काफ्लेलाई नेपाल प्रताप सुभुषण पदक
दाङमा प्रहरी प्रमुख भएर काम गर्दा उनले आफ्नो कार्यकालमा घटेका अपराधिक घटनामा संलग्न दोषिहरुलाई कानुनि दायरामा ल्याउन सफल भएका थिए । चिकित्सकमाथि हातपात गर्ने समुहदेखी कारागारवाट भाग्ने कैदिलाई भारतवाट नियन्त्रणमा लिन उनि सफल भए । गुण्डागर्दि नियन्त्रणदेखी फरार अपराधि पक्राउ गर्ने अभियानमा पनि उनि त्यत्तिकै सफल भए । त्यतिमात्रै नभई हनि ट्रयापमा संलग्न महीलालाई पनि एसपि काफ्ले आफ्नो कार्यकालभरीमा कानुनि दायरामा ल्याए ।

दाङमा रहदा उत्कृष्ट काम गर्ने एसपि सुरेश काफ्लेलाई नेपाल प्रताप सुभुषण पदक 3
अपराध अनुसन्धानमा पोख्त, अनुभवि मानिएका काफ्ले आक्रामक पुलिसिङका हिमायति हुन् । लागु औषध कारोवार न्युनिकरण गर्ने अभियानमा पनि उनले सफलता राम्रो पाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।