२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अर्घखाँचीका प्रहरी प्रमुख डिएसपी रिजाल उजिरसिंह दीप पदकबाट विभूषित हुने

Logo
प्रकाशित मंगलबार, आश्विन ०४, २०७९

 

(सागर थापा)

दाङ । संविधान दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय अर्घखाँचीका प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजाल प्रदेश स्तरीय उजिरसिंह दीप पदकबाट विभूषित हुने भएका छन् ।

लागूऔषध तथा हतियारको अवैध कारोबार रोक्न एवम् फरार अपराधीलाई पक्राउ गरी प्रदेशको शान्ति सुरक्षा ब्यवस्थापनमा सहयोग पु¥याएको भन्दै उनलाई विभूषित गरिएको हो ।

दाङ जिल्लामा प्रहरी प्रबक्ताको जिम्मेवारी सम्हालेको बेला अपराध अनुसन्धान उनले देखाएको तदारुपतालाई मध्यनजर गर्दै सरकारले पदक प्रदान गर्ने निर्णय गरेको हो ।

राजपत्रमा प्रकाशित सुचनामा रिजालले शान्तिसुरक्षा कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै पदक दिने निर्णय गरेको हो । झापासहित विभिन्न जिल्लामा रहेर काम गरिसकेका रिजालले एक महिना अघि मात्रै अर्घखाँचीको नेतृत्व सम्हालेका छन् ।

उनले त्यस क्षेत्रमा लागूऔषध नियन्त्रणका अभियान नै सञ्चालन गरेका छन् । उनले गाँजा फडानीको अभियान सञ्चालन गर्दै लागूऔषधबाट समाजमा पर्ने असरको विषयमा विभिन्न कार्यक्रम समेत सञ्चालन गरेका छन् ।

डिएसपी रिजाललाई यस अघि राष्ट्रपतिले नेपाल प्रताप सुभूषण पदकबाट विभूषित गरिसकेकेकी छन् । प्रदेश स्तरीय पदक आगामी वैशाख १ गते प्रदान गरिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।