२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

काठमाडौं उपत्यकामा कपाल काटेको २०० दाह्री काटेको १२० रुपैयाँ तिर्नुपर्ने

Logo
प्रकाशित मंगलबार, आश्विन ०४, २०७९


(ABC-Sanchar)
काठमाडौं । नेपाल नाई संघले काठमाडौं उपत्यकाका सैलुनको शुल्कमा वृद्धि गरेको छ । संघको उपत्यका समितिले सूचना जारी गर्दै असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको जनाएको छ ।

जसअनुसार अब कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि यो शुल्क १५० रुपैयाँ थियो । दाह्री काटेको शुल्क १२० देखि २०० रुपैयाँ तोकिएको छ ।
कपाल डिजाइन गरेको ३५० देखि ५०० रुपैयाँ, दाह्री डिजाइन गरेको १५० देखि २५०, टाउको मसाज गरेको २००, स्याम्पु गरेको १२० देखि १५०, कपाल कलर गरेको ५०० देखि ६५० रुपैयाँ, फेसियल गरेको एक हजारदेखि १२ सय रुपैयाँसम्म बढेको संघले जनाएको छ ।

सबै कुरामा महंगी बढेका कारण सैलुन सेवामा सामान्य वृद्धि गरेको संघको काठमाडौं जिल्ला समिति अध्यक्ष राजेश ठाकुरले बताए । ‘बजारभाउ आकासिएको छ । घरबहाल बढिरहेको कारण पैसा तिर्न हम्मे परिरहेको छ । त्यसैले शुल्क बढाउन बाध्य भएका हौं,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।