२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दशै नजिकैदै गर्दा मासुको मूल्य आफूखुसी तोक्दै व्यवसायीहरु

Logo
प्रकाशित मंगलबार, आश्विन ०४, २०७९

(ABC-Sanchar)

काठमाडौँ । मासु व्यवसायीहरूले दसैँमा मासुको मूल्य तोक्ने तयारी गरेका छन् ।
सरकारले मूल्यबारे छलफलमा यो वर्ष पनि नबोलाए पछि खुल्ला बजारमा किसानले तोक्ने मूल्यको आधारमा जिउँदो र तयारी मासुको मूल्य तोक्ने तयारी गरेको नेपाल माछा मासु व्यवसायी सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष रमेश खड्काकाअनुसार पछिल्लो तीन वर्षदेखि सरकारले व्यवसायी सङ्घसँग मूल्य तोक्नेबारे कुनै छलफल नै गरेको छैन । ‘सरकारले छलफल गर्ला र मूल्य तोक्ने भनेर बसेको यो वर्ष पनि कुनै छलफलका लागि बोलावट भएन,’ उनले भने, ‘अब बजारमा मूल्य खुल्ला हुने भयो । मासुको मूल्य जति पनि हुनसक्छ ।’

संघकाअनुसार यो वर्ष खसीको तयारी मासुको मूल्य न्यूनतम् १३ सय रुपैयाँदेखि सुरु हुने देखिएको छ । सरकारले बजारको आपूर्ति हेरेर मूल्यको सीमा नतोक्दा विगतका वर्षहरूमा अधिकमा १३ सय रुपैयाँ हुने खसीको मासुको मूल्य यो वर्ष पनि सोही आधारमा न्यूनतम मूल्य निर्धारण हुने अध्यक्षले बताए ।

अहिले नै केही व्यवसायीहरूले १ हजार ४ सयदेखि १ हजार ४५० रुपैयाँ किलोसम्म खसीको मासुको मूल्य तोकेको भन्दै उनले खसीको मासुको मूल्यमा यो वर्ष उतार चढाव हुने बताए ।

‘बजारमा जिउँदो खसीको मूल्य तराईको खसीको ७ सय रुपैयाँ छ, लोकल खसीको त्यो भन्दा कम छ । तर तयारी मासुको मूल्य दोब्बर हाराहारी हुने देखियो,’ उनले भने, ‘अब सहुलियतमा ल्याउने खसीले मात्रै मूल्यलाई केही नियन्त्रण गर्न सक्छ ।’

सङ्घका अनुसार यो वर्ष बङ्गुर र बफ मासुको मूल्य प्रतिकिलो ५ सय रुपैयाँमा स्थिर छ । विगत चार वर्षदेखि यी मासुको मूल्यमा उतार चढाव आएको छैन ।

यो दसैँमा कुखुराको मासुको मूल्य भने पहिले भन्दा धेरै हुने सङ्घले जनाएको छ । अहिले प्रतिकिलो ४५० रुपियाँसम्ममा कुखुराको मासु बिक्री भएको र यो मूल्य गत वर्ष भन्दा किलोमा एक सय रुपैयाँले महँगो भएको उनले बताए ।

तर, दसैँको मुखैमा खुद्रा बजारको खपत घट्ने भएकाले मूल्य अझै ओरालो लाग्ने सङ्घको अनुमान छ । काठमाडौँमा अहिले सङ्घका दर्ता भएका एक हजार हाराहारी मासु पसल छन् ।

दसैँमा काठमाडौँमा ८० हजारदेखि एक लाख गोटा खसी–बोका चाहिने सङ्घको अनुमान छ । अहिले दैनिक एक हजार
गोटा खसी–बोका चाहिने सङ्घको अनुमान छ । अहिले दैनिक एक हजार खसी–बोका, ४ सय बङ्गुर र ८ सय गोटा बफ बजारमा मासुका लागि खपत हुने गरेको छ । यस्तै २ लाख किलो भन्दा बढी कुखुराको मासु उपत्यकामा खपत हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]