२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

भन्सार छलेर ल्याएको २ टन माछा जिल्ला प्रशासन चितवनद्वारा नष्ट

Logo
प्रकाशित मंगलबार, आश्विन ०४, २०७९


ABC (क्राईमबिट)
चितवन । भारतबाट भन्सार छलेर ल्याइएका दुई टन माछा स्थानीय प्रशासनले नष्ट गरेको छ । आज बिहान २ बजे रुपन्देहीबाट काठमाडौँका लागि लैजाँदै गरेको माछा पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरले नियन्त्रणमा लिएको थियो ।

पशु क्वारेन्टिन रामनगर, मत्स्य व्यवसायी संघ चितवन र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त चेकजाँचका क्रममा माछा बरामद गरेर नष्ट गरिएको हो । माछा भरतपुर महानगरपालिका–१ मा रहेको सतनचुली सामुदायिक वनमा नष्ट गरिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार भन्सार छलेर ल्याइएको माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । उनका अनुसार लु२च ६८९८ नम्बरको बोलेरोमा ल्याइएको माछा नियन्त्रणमा लिई नष्ट गरिएको हो ।

असोज १ गतेदेखि पशु क्वारेन्टाइन, मत्स्य व्यवसायी संघ र नेपाल प्रहरीको संयुक्त टोलीले रामनगरमा चेकजाँच गर्दै आएको छ । सोमबारसमेत चेकजाँचका क्रममा रामनगरबाट छ सय २० किलो माछा बरामद गरी नष्ट गरिएको थियो । बरामद गरिएको माछामा फर्मालीनको प्रयोग गर्ने गरिएको उनले बताए ।

भारतबाट भन्सार छलेर ल्याइएका माछाका कारण नेपालमा उत्पादित माछाले बजार पाउन छोडेको भन्दै माछा व्यवसायी कृषक आन्दोलनस्वरुप चेकजाँच सुरु गरेका हुन् । मकवानपुरको रातोमाटे र सिन्धुलीमा समेत चेकजाँच गरिएको संघका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!