२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सरकारले ९ जना सहसचिवको सरुवा हेर्नुहोस् को कहाँ पुगे नामसहित

Logo
प्रकाशित बुधबार, आश्विन ०५, २०७९

(ABC-Sanchar)
काठमाडौँ । ९ जना सहसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय, प्रदेश तथा संघीय सरकारमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव श्यामकृष्ण थापाको आर्थिक मामिला मन्त्रालय कर्णाली प्रदेशमा सरुवा भएको छ भने त्यहाँका भूपेन्द्र थापा गृह मन्त्रालयमा आएका छन् । सम्पत्ति शुद्धीकरण विभागबाट केही दिन अघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिएका सहसचिव प्रेम प्रसाद भट्टराईको पनि गृह मन्त्रालयमा सरुवा भएको छ ।

घोराही उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद भट्टराईको सामाजिक विकास मन्त्रालय मधेस प्रदेश, गृह मन्त्रालयका सुरेश न्यौपाने पर्यटन मन्त्रालय प्रदेश नं. १, स्वास्थ्य मन्त्रालय, पोखराका श्रीराम तिवारीको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मन्त्रालयका विश्वबन्धु बगालेको स्वास्थ्य मन्त्रालय पोखरामा सरुवा गरिएको छ ।

यस्तै गृह मन्त्रालयका सहसचिव सन्त बहादुर सुनारको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका कृष्ण प्रसाद काप्रीको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवार काठमाडौँमा सरुवा भएको विवरण प्राप्त भएको छ ।

प्रशासन स्रोतका अनुसार अझै केही सहसचिवहरू सरुवाको सूचीमा छन् । सम्भवतः आचार संहिता घोषणा हुने अघिल्लै दिनसम्म पनि सरुवा निर्णय हुन सक्ने ती स्रोतको दाबी छ । जसमध्ये गृहबाट एक जना आउट हुँदै छन् भने अर्को एक मन्त्रालयका सहसचिवको निर्णय पनि चाँडै सरुवा हुँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]