०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षड्यन्त्र हो : नेता वर्षमान पुन

Logo
प्रकाशित बुधबार, आश्विन ०५, २०७९


(ABC-Sanchar)
काठमाडौँ । नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदमप्रति आपत्ति जनाउँदै यसलाई संविधानको घोर उल्लंघन भएको बताएका छन् ।

संसद्‍ले पास गरेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि उनको आलोचना भएको छ । यसै क्रममा माओवादी नेता पुनले राष्ट्रपति भण्डारीको कदमले नेपाली नागरिकलाई राज्य विहीन बनाउने र निर्वाचन बिथोल्ने षड्यन्त्रको रुपमा व्याख्या गरेका छन् ।

उनले मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपतिको कदमप्रति आपत्ति जनाएका हुन् । उनले लेखेका छन्, ‘सार्वभौम जनताको प्रतिनिधिसंस्था संघीय संसद्‍ले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु एकातिर संविधानको घोर उल्लंघन हो भने अर्कोतिर आफ्ना नागरिकलाई राज्यविहीन बनाउने आमनवीय कार्य हो । सचेत रहौं र संयमित बनौं । यो घटनाक्रम निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो ।’

यसअघि संविधानविद्‍हरूसहित विभिन्न राजनीतिक दलका नेताहरूले पनि राष्ट्रपति भण्डारीको कदमको विरोध जनाएका छन् ।

राष्ट्रपति भण्डारीले संसद्‍बाट पास भइसकेको नागरिकता विधेयकलाई अन्तिम अवधि असोज ४ सोमबार रातिसम्म पनि प्रमाणीकरण नगरेपछि आलोचित बनेकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!