२४ भाद्र २०८१, सोमबार
09-09-2024 , Mon
×

नागरिकता विधेयक पारित नगरेको भन्दै जनमत पार्टीद्वारा राष्ट्रपतिको पुत्ला दहन

Logo
प्रकाशित बुधबार, आश्विन ०५, २०७९


ABC (क्राईमबिट)
सिरहा । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीले राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गरेको छ ।

आज बिहान सिरहामा पार्टीका नेता कार्यकर्ताहरूले पुत्ला दहन गरेको हो ।

विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति निर्णयलाई लिएर दलहरु दुई ध्रुवमा बाँडिएका छन् । सत्तारुढ दल र मधेसवादी दलहरुले राष्ट्रपतिको विरोध गरेका छन् भने नेकपा एमाले, राप्रपा नेपाललगायतका दलहरु राष्ट्रपतिको पक्षमा देखिएका छन् ।

राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरुले आन्दोलनको चेतावनी दिइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही जिल्ला तथा विभिन्न युनिटका डीएसपीहरुको सरुवा तयारी थालिएको छ। सरुवाको गृहकार्य भैरहेको र केही दिनमै सरुवा हुने स्रोतको दाबी छ। यस्तै डीएसपीपछि एसपीहरुको पनि सरुवाका लागि गृहकार्य थालिएको छ। डीएसपीपछि एसपीहरुको सरुवा हुनेछ। यसैक्रममा सरुवा–बढुवामा अत्याधिक चलखेल हुन थालेको पाइएको छ। चलखेल हुन थालेपछि प्रहरी महानिरीक्षक […]

  दाङ । कुनै समय थियो, साविकको राप्ती अञ्चलका पाँच जिल्ला लगायतका अन्य जिल्लाहरुबाट नुन भुटुन जस्ता अत्यावश्यक वस्तुको जोहो कोइलावास बजारमा गर्ने गरिन्थ्यो । त्यो बेला कोइलावास निकै चर्चित थियो, अत्यन्तै चहलपहल पनि ।कालान्तरमा विशेषगरी कपिलवस्तुको कृष्णनगर बढ्नी नाका सञ्चालनमा आएपछि केही दशकभित्र यो बजार खण्डहर र भग्नावशेष बन्दै गयो । तर पछिल्ला वर्षहरुमा […]

  काठमाडौं । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए। राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ। सिग्देललाई राष्ट्रपति पौडेलले भदौ १२ गते नै प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गरेका […]

error: Content is protected !!