२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

Logo
प्रकाशित बिहिबार, आश्विन ०६, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन् । बिहीबार एमाले मुख्यालय च्यासलमा उनलाई प्रवेश गराउने कार्यक्रम राखिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराउने भएका हुन् । रातोपाटीसँग कुरा गर्दै पूर्व आईजीपी खनालले मुलुकको समुन्नतिका लागी एमालेमा आबद्ध भएर काम गर्न लागेको बताए । उनले भने–‘मेरो कुनै स्वार्थ छैन, देशहितमा केही गरौँ भनेर नै नेकपा एमालेलाई रोजेको हुँ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा खनाल आईजीपी थिए । महानगरीय अपराध महाशाखाको प्रमुख हुँदा उनकै निर्देशनमा गुण्डा नाइके कुमार घैँटेको इन्काउन्टर गरिएको थियो । खनाल आईजीपी हुँदा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा आबद्ध कुमार पौडेललाई प्रहरीले इन्काउन्टर गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!