२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

असोज १२ गते नेपालमा सातौं विश्व स्कुल दुध दिवस मनाइँदै

Logo
प्रकाशित शुक्रबार, आश्विन ०७, २०७९


(ABC-Sanchar)
काठमाडौं । नेपालमा सातौं विश्व स्कुल दुध दिवस मनाइने भएको छ । विश्वमा २२ औं र नेपालमा सातौं विश्व स्कुल दुध दिवस मनाउन लागिएको हो । विश्वमा कुनै पनि बालबालिकाले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर सन् २००० देखि सेप्टेम्बर महिनाको अन्तिम बुधबार स्कुल दुध दिवस मनाउन शुरु गरिएको थियो ।

नेपालमा असोज १२ गते सेप्टेम्बर महिनाको अन्तिम बुधबार परेको छ । सो दिन विश्व स्कुल दुध दिवस मनाउनका लागि नेपाल डेरी एसोसिएसनले असोज ७ गतेदेखि नै विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । कार्यक्रमको अन्तिम दिन अर्थात असोज १२ गते विश्व स्कुल दुध दिवसका दिन करिब ३ सय जनालाई दुध तथा दुग्ध पदार्थ वितरण गरिने एसोसिएसनको भनाई छ ।

यो दिवस दुध पूर्ण आहार हो भन्ने कुरा बुझाउन, दुध उपभोग बढाउन, दुधको महत्व जन्मेदेखि मर्दासम्म रहेको छ भन्ने बुझाउन, बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि दुध अति नै महत्वपूर्ण छ भन्ने कुरा बुझाउन तथा दूधले बालबालिकाहरूको मस्तिष्क विकास, शारीरिक विकासमा महत्व राख्छ भन्ने बुझाउन दिवस मनाउन लागिएको एसोसिएसनले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!