२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

असोज १२ गते नेपालमा सातौं विश्व स्कुल दुध दिवस मनाइँदै

Logo
प्रकाशित शुक्रबार, आश्विन ०७, २०७९


(ABC-Sanchar)
काठमाडौं । नेपालमा सातौं विश्व स्कुल दुध दिवस मनाइने भएको छ । विश्वमा २२ औं र नेपालमा सातौं विश्व स्कुल दुध दिवस मनाउन लागिएको हो । विश्वमा कुनै पनि बालबालिकाले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर सन् २००० देखि सेप्टेम्बर महिनाको अन्तिम बुधबार स्कुल दुध दिवस मनाउन शुरु गरिएको थियो ।

नेपालमा असोज १२ गते सेप्टेम्बर महिनाको अन्तिम बुधबार परेको छ । सो दिन विश्व स्कुल दुध दिवस मनाउनका लागि नेपाल डेरी एसोसिएसनले असोज ७ गतेदेखि नै विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । कार्यक्रमको अन्तिम दिन अर्थात असोज १२ गते विश्व स्कुल दुध दिवसका दिन करिब ३ सय जनालाई दुध तथा दुग्ध पदार्थ वितरण गरिने एसोसिएसनको भनाई छ ।

यो दिवस दुध पूर्ण आहार हो भन्ने कुरा बुझाउन, दुध उपभोग बढाउन, दुधको महत्व जन्मेदेखि मर्दासम्म रहेको छ भन्ने बुझाउन, बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि दुध अति नै महत्वपूर्ण छ भन्ने कुरा बुझाउन तथा दूधले बालबालिकाहरूको मस्तिष्क विकास, शारीरिक विकासमा महत्व राख्छ भन्ने बुझाउन दिवस मनाउन लागिएको एसोसिएसनले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]