०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

बारा प्रहरीले भन्सार छलेर ल्याएको १४ लाखको सुर्तीजन्य पदार्थसहित ट्रक पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन ०७, २०७९

ABC (क्राईमबिट)
बारा । जीतपुर सिमरा उपमहानगरपालिका १० स्थित नितनपुर चोकबाट करिब १४ लाख रुपैयाँ बराबरका सुर्तीजन्य पदार्थसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार असोज ६ गते राति विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नितनपुरस्थित वीरगञ्ज–पथलैया सडक खण्डमा ना६ख ७२५८ नम्बरको ट्रक चेकजाँच गर्दा भन्सार छलेर भित्र्याइएको १३ लाख ९९ हजार ८०० रुपैयाँ बराबरको रजनीगन्धा, तुलसी लगायतका गुट्खा बरामद भएको हो ।

प्रहरीले ट्रकसहित ती सामान नियन्त्रणमा लिएको र ट्रक चालक नकुल परियारलाई समेत पक्राउ गरेको जनाइएको छ । बरामद ट्रक र सामान भने भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!