२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

यातायात मन्त्री  इश्तियाकका सचिव महानिर्देशकलाई चुनावको लागि असुली

Logo
प्रकाशित मंगलबार, आश्विन ११, २०७९

 

(ABC-Sanchar)

काठमाडौँ । पछिल्लो समय सरकार मन्त्रीहरूको ध्यान नै असुलीमा देखिएको छ । अधिकांश मन्त्रीहरू अनेक तवरबाट चुनावी खर्च जोहो गर्न लागिरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले पनि सचिव र महानिर्देशकमार्फत प्रमुखहरूसँग पैसा उठाउन लगाएको बुझिएको छ ।

सरुवा भएर कमाऊ अड्डामा जाने मात्रै होइन, साविककै निकायमा रहीरहनसमेत पैसा दिनुपर्ने उर्दीपछि आयोजना/प्रमुखहरू आजित बनेका छन् । ‘कमाई हुने कार्यालयमा सरुवा माग्दा त पैसा भन्नु ठिकै पनि होला तर अवधि नै नपुगेको व्यक्तिलाईसमेत सरुवा गरिदिने धम्की दिँदै थमौतीका लागि पनि पैसा दिनुपर्ने दिन आएपछि कसरी जागिर खान सकिन्छ ?,’ एक आयोजना प्रमुखले प्रशासन सिंहदरवार विशेष ब्युरोसँग पीडा पोख्दै भने ।

अन्य विकासे अड्डाका मन्त्रीहरूले उपसचिव प्रमुख रहने निकायमासमेत सिधै आफैले डिल गर्ने गरेको सुनिए पनि यातायात मन्त्री इस्तियाक राईले भने सचिव गोपाल प्रसाद सिग्देल र महानिर्देशक अर्जुन जंङ्ग थापामार्फत ‘च्यानलाइज’ गरेर आफू जोगिन खोजेका छन् । अहिले सचिवले सहसचिव र महानिर्देशकले मातहतका निकायमा फोन गर्दै ‘धम्कीपूर्ण’ भाषामा बुझाउन दबाब दिई रहेको अर्का एक उपसचिव स्तरका आयोजना प्रमुखले बताए ।

‘एक वर्षसमेत नाघेको छैन, अनि नबुझाए अन्तै जान तयार हुनुस् भन्ने आशयको फोन आउँछ’ अर्का कर्मचारी भन्छन् ‘चुनावको बेला अलिअलि सहयोग गर है त भनेर पनि पहिले पनि स्वविवेकीय थियो नै अहिले त बढाबढ जस्तो गरेपछि अलि तनाव छ’

यसबारे मन्त्री राईलाई बुझ्न खोज्दा उनले फोन उठाएनन् भने सचिव पनि सम्पर्कमा आउन चाहेनन् र महानिर्देशकले पनि आफूलाई केही थाहा नभएजस्तो गरी ‘जसले यो कुरा भनेको त्यसैलाई सोध्नुपर्ला हजुर’ भन्दै उत्तर दिन चाहेनन् ।

भौतिक पूर्वाधार मन्त्रालय सबैभन्दा धेरै भ्रष्टाचार र पैसाको चलखेल हुने मन्त्रालयमध्ये मानिन्छ । जिल्ला पुग्नै पर्दैन राजधानीकै मुटु तथा आसपासका क्षेत्रका विकास निर्माण नियाल्ने हो भने मात्रै पनि विकासको ‘गति’ र कर्मचारीको ‘मति’ सहजै अनुमान गर्न सकिन्छ ।

त्यसो त अघिल्लो मन्त्रीको पालामा आयोजना प्रमुख हत्याउन ५० लाखसम्मको डिलको गाइँगुइँ कर्मचारी वृत्तमा सुनिएकै थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]