२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

आईजिपी धिरज प्रताप सिंह प्रहरीको मनोबल उच्च बनाउने र छवि चम्काउने अभियानमा

Logo
प्रकाशित बुधबार, आश्विन १२, २०७९

ABC (क्राईमबिट)

काठमाडौं । नेपाल प्रहरीको ‘चेन अफ कमान्ड’लाई थप कसिलो बनाएर हरेक सिपाहीको मनोबललाई उच्च बनाउने र प्रहरीको छवि चम्काउने अभियानमा आईजीपी धिरज प्रताप सिंह लागेका छन् ।

आईजीपी धिरज सिंह हेर्दा जति नरम र सालिन छन् उनको काम गर्ने शैली भने भिन्न छ । प्रहरीले सधैँ पीडित पक्षधर भएर काम गर्नु पर्ने नागरिक मैत्री उनको कदमको सधैं प्रशंसा भइरहन्छ । सरकारको प्रतिनिधित्व गर्ने राज्य संयन्त्रहरूमा प्रहरी नै पहिलो प्रतिनिधि पात्र भएकाले निष्पक्ष र भेदभावरहित अनुसन्धान, बोली व्यवहारमा नम्रता, शिष्टता एवं व्यवसायिक भएर काम गर्नु पर्ने सिंहको मुल मन्त्र छ ।

प्रहरीमा सरुवा तथा बढुवामा हुने चलखेल तथा दौडधुपका कारण प्रहरीमा विगतमा देखिएको बेथिति र अनुशासनहीनतालाई कडाइका साथ अंकुश लगाउने काम सिंहले गरेका छन् । उनी भन्छन्, ‘विगतमा त्यस्ता केही गतिविधि भए होलान् तर अब प्रहरीमा त्यस्तो हुँदैन, चल्दैन । दौडधुप र भनसुनले सरुवा-बढुवा हुँदैन। कामको मूल्यांकन गरेर प्रक्रियागत रूपमा हुन्छ, त्यो सिस्टम हामीले विकास गरिसकेका छौं ।’

आन्तरिक सुशासन र सदाचारिताको विकास गरेर नेपाल प्रहरीलाई दक्षिण एसियाकै एउटा नमूना प्रहरी बनाउने लक्ष्यका साथ उनले मिसन अगाडि बढाएका छन् । ‘यो मेरो अठोट हो, म नेपाल प्रहरीलाई नमूना बनाएर एक नम्बर बनाउन चाहन्छु । त्यो काम शुरु भइसकेको छ,’ उनी भन्छन्, ‘प्रहरीले गर्नुपर्ने काममा चुस्तता आएको छ। अवरुद्ध भएका प्रशासनिक कामहरू सम्पन्न गरिएको छ। फिल्डमा सुधार गर्नुपर्ने पक्षमा पनि विशेष पहल थालिएको छ।’ झण्डै वर्षदेखि ब्लक भएको बढुवा तथा सरुवालाई सिंहले सहज रूपमा सम्पन्न गरेका छन् । यसले जवानदेखि उच्च तहमा एक खालको उत्साह थपिएको छ । जवानदेखि उच्चअधिकृतसम्मको समयबद्ध बढुवा र सरुवाले मनोबल बलियो हुने र व्यावसायिकता झन् बढ्ने विश्वास सिंहको छ । उनी आईजीपी भएपछि जवानदेखि डीआईजीसम्म करिब १० हजारको सरुवा र पदस्थापन भएको छ । सरुवा-बढुवा र पदस्थापनमा जुन प्रकारको अलमल र ढिलाइ हुँदा अनेक खालका चलखेल हुने र त्यसले संगठनका सदस्यहरूलाई अन्योलमा पार्ने जुन अवस्था थियो, त्यो अब अन्त्य भएको छ।

आईजीपी सिंहले नेपाल प्रहरीको जिम्मेवारी सम्हालेपछि आपराधिक गिरोह र समूहविरुद्ध विशेष अप्रेसन चलाएका छन् । ‘अपराध रोकथाम तथा अनुसन्धानमा हामीले शून्य सहनशीलताको नीतिअनुसार काम गरिरहेका छौं, त्यसको नतिजा पनि देखिएको छ,’ सिंह भन्छन्, ‘कुनै पनि आवरणमा हुनसक्ने गैरकानूनी कार्य, अपराधजन्य, हिंसात्मक घटना हुन नदिन विशेष सतर्कतासहित रणनीतिक रूपमा प्रहरी परिचालित भएको छ।’

वैदेशिक रोजगारीका क्रममा हुने ठगी तथा बदमासीलाई कडाइका साथ नियन्त्रण गर्न सरोकारवाला निकायहरूलाई प्रभावकारी रूपमा सघाउने काम प्रहरीबाट भइरहेको आईजीपी सिंह बताउँछन् । नेपाल सरकारको स्वीकृति र सहमतिबिना विभिन्न देशमा रोजगारीका लागि पठाउने क्रममा विभिन्न नाममा सिन्डिकेट खडा गरी असुल्ने र ठग्ने तीन दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएर ठगी मुद्दा चलाइएको उनी बताउँछन्।

लागूऔषधविरुद्ध पनि विशेष अप्रेसन नै चलाइएको छ। यसमा शून्य सहनशीलताको नीतिअनुसार कारवाही अगाडि बढाइएको छ । धेरै गिरोह नियन्त्रणमा आइसकेको सिंहले बताउँछन् । उनका अनुसार मानव बेचविखन तथा बाल यौन दुराचारलगायत सामाजिक अपराध नियन्त्रणका लागि पनि प्रहरीले आक्रामक अभियान चलाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!