२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

गृहसचिव सिंहबाट सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण एवं कर्मचारीहरुलाई निर्देशन

Logo
प्रकाशित बुधबार, आश्विन १२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । गृहसचिव विनोद प्रकाश सिंहले असोज १२ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गर्नुभई सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यम मार्फतं बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारवाही र संगठनका समस्या र चूनौतीहरुका बारेमा जानकारी लिनुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नेपालले सिमित श्रोत साधनको बावजुत कठिन परिस्थिति र स्थानमा समेत सीमा रक्षार्थ तैनाथ रहेको र प्रतिकुल अवस्थामा रहेका बिओपीहरुको सुधारको लागि समयानुकुल बन्दोवस्ती व्यवस्थापनमा गृह मन्त्रालयले पहल गरिरहेको बताउनुभयो ।

गृहसचिव सिंहले आगामी निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहने तथा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति तथा युनिटपतिहरुले आफु मातहतकालाई उचित ढंगले परिचालन गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

सशस्त्र प्रहर बल नेपालले शान्ति सुरक्षा कायमा गर्न सक्षमता, निपूर्णता तथा तदरुकताका साथ कार्य गर्नु हुनेछ भन्ने अपेक्षा राखेको बताउनुहुँदै उहाँले सीमा सुरक्षामा काठिन परिस्थितिका बावजुद परिचालित कर्मचारीहरुप्रति उच्च सम्मान प्रकट गर्नुभयो ।

गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै जस्तो सुकै कठिन परिस्थितिमा समेत सहजताका साथ दायित्व निर्वाह गर्दै आईरहेको उल्लेख गर्नुहुँदै गृह मन्त्रालयले सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्तिविकासको लागि प्राथमिकताका साथ कार्य गरिहेको बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापन गर्नुहुँदै गृहसचिव सिंहबाट भएको निर्देशनलाई अक्षरस पालना गरी ईमान्दारितापूर्वक जम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपालले राज्य प्रदत्त जिम्मेवारीहरुलाई सदैव शीरमा राखेर उच्च नैतिकता, इमान्दारिता र अनुशासनका साथ अहोरात्र परिचालित भई राष्ट्र र आम नागरिकको सेवा सुरक्षा, विपद् व्यवस्थापन तथा उद्धार लगायतका विविध जिम्मेवारीहरुमा परिणाममुखी कार्यसम्पादनमा क्रियाशील रहिरहनु पर्ने बताउनुभयो ।

उहाँले मानव अधिकारको रक्षा, लैंगिक हिंसा र भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ कार्यान्वयन गर्न गराउन निर्देशन दिनुहुँदै सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, चोरीपैठारी तस्करी नियन्त्रण लगायत नेपाल सरकारले अवलम्बन गरेका नीतिहरुलाई दृढताका साथ पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

महानिरीक्षक अर्यालले आगामी निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनको लागि सम्पूर्ण तयारी गरिएको बताउनुहुँदै जस्तो सुकै परिस्थितिमा पनि आम नागरिकको सेवा, सुरक्षा र उद्धारमा परिचालित हुने उल्लेख गर्नुभयो ।

उक्त निर्देशन सम्बोधन ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका इकाईहरुमा प्रत्यक्ष प्रसारण गरि हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, नेपाल सरकार गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोख्रेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा काठमाडौ स्थित सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति, गणपति र गुल्मपतिहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।