२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

राप्ति गाउपालिका वडा ९ को अध्यक्षको बारिबाट अवैध ९४ वटा घप्पु पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन १२, २०७९

 

ABC (क्राईमबिट)

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्षको बारीबाट ९४ थान अवैध चिरान काठ बरामद राप्ती गाउँपालिका ९ बाट अवैध सालको चिरान काठ बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा प्रहरी र वन अधिकारीको संयुक्त गस्ती टोलीले ९४ थान चिरान घप्पु बरामद गरेको देउखुरी डिभिजन वन कार्यालय, लमहीका सूचना अधिकारी छोटेलाल चौधरीले जानकारी दिएका छन् ।

वडाध्यक्ष रिमबहादुर सुनारी मगरको बारीबाट ७७ थान चिरान घप्पु र दुर्योधन घर्तीको घर नजिकै चट्टा राखेको अवस्थामा २७ थान घप्पु बरामद गरिएको डिभिजन वन कार्यालय, लमहीले जानकारी दिएको छ।

सबै काठ बरामद गरेर सब डिभिजन वन कार्यालय गढवामा राखेको छ।

बरामद काठको बारेमा थप अनुसन्धान भैरहेको प्रमुख क्षेत्रीले जानकारी दिए। त्यस्तै, गढवा गाउँपालिकाको गोबरडिहाबाट केही थान घप्पुसहित एक जनालाई पक्राउ परेका छन ।

यस बारेमा दाङ प्रहरीले थप अनुसन्धान गरेर बन कार्यालयलाई जिम्मेवारी दिने दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!