२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

दाङ एसपीको रोहबरमा घोराही तुल्सीपुर चार लेन सडकका खाडलहरू पुरिए

Logo
प्रकाशित बुधबार, आश्विन १२, २०७९


(ABC-Sanchar)
दाङ । घोराही उपमहानगरपालिका र तुल्सीपुर उपमहानगरपालिकाले यसअघि ठकेदार कम्पनीले नै आफै खाडल पुर्ने प्रतिबद्धता जनाएको थियो। तर ठेकेदार कम्पनीले भनेजस्तै काम नगरेपछि दुई पालिकाले खाडल पुर्ने निर्णय स्वीकार गरेका हुन्।

दशैं तिहार जस्ता चाडपर्व नजिकिए पनि सडकको अवस्था वेहाल रहेको भन्दै स्थानीय पालिकाले आ-आफ्नो क्षेत्रको सडकका खाडल पुर्ने भएका हुन्।

यसअघि जिल्ला समन्वय समितिको बैठकमा निर्माण कम्पनीले १५ दिनभित्र खाडलहरु पुरिसक्ने प्रतिबद्धता जनाएका थियो।

सहमती अनुसार निर्माण कम्पनीले एउटा खाडल पनि नपुरे पछि मंगलबारको बैठकमा घोराही र तुलसीपुर उपमहानगरपालिका मिलेर सडकका खाडल पुर्ने प्रतिबद्धता जाहेर गरेका हुन्।

यसका लागि निर्माण कम्पनीले टिप्पर, जेसेबी, लोडर र ग्रेडर उपलव्ध गराउने सर्वदलीय/सर्वपक्षीय सहमती भएको छ।

असोज ६ गते चार लेन सडक निर्माण कम्पनीले ती यान्त्रिक उपकरणहरु सम्बनन्धित पालिकालाई उपलव्ध गराउने र सम्बन्धितत पालिकाले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको समेत उपस्थितिमा खोलाजन्य पदार्थको व्यवस्थापन गरि खाडल पुर्ने सहमति भएको हो।

जिल्ला समन्वय समितिका प्रमुख तथा चार लेन सहजीकरण समितिका संयोजक नित्यानन्द शर्माको अध्यक्षतामा बसेको बैठकमा घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले अझैं ठेकेदारको विश्वास गरी बसिरहे खाडल कहिल्यै नपुरिने भएकाले आवस्यक उपकरण उपलव्ध गराउन माग गरेका थिए।

तुलसीपुरका मेयर टीकाराम खड्काले ठेकेदार कम्पनीको प्रतिबद्धता अनुसार काम नभएपछि आफूहरू मिलेर खाडल पुर्न लागेको बताए।

घटस्थापनासम्म तुलसीपुर– घोराही चार लेन सडक अन्तर्गत सडकका सबै खाडल पुरिसक्ने दुई मेयरले साझा प्रतिवद्धता व्यक्त गरेका छन्।

काम भए-नभएको बारे घटस्थापनाको दोस्रो दिन (असोज १० गते) फेरि समन्वय समितिको अर्को बेठक बस्ने निर्णय पनि भएको छ। उक्त बैठकले कार्य समिक्षा गर्नेछ।

बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख वीरवहादुर वली, जिल्ला समन्वय अधिकारी मोहन सुवेदी, परियोजनाका कन्सल्टेन्ट ईश्वर अमागाई, निर्माण कम्पनीका शेखर शर्मा, दाङ उद्योग वाणिज्य संघका सचिव नरेश श्रेष्ठ, यातायात व्यवसायी शिवराज पन्थी लगायतले ठेकेदार कम्पनीले काम नगरेको हुँदा स्थानीय पालिकालाई खाडल पूर्ण जिम्मा लिन आग्रह गरेका थिए।
नारायण खड्काबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!