२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

उपमेयर डंगोल सहितको टोलीद्वारा अनुगमन गुणस्तरहीन खाद्यबस्तु जफत र विक्रीमा रोक

Logo
प्रकाशित बुधबार, आश्विन १२, २०७९

(ABC-Sanchar)
काठमाडौं । कालीमाटी क्षेत्रका खाद्य पसलहरुमा म्याद सकिएका, ओसिएका र कीरा घुन लागेका चामल चिउरालगायतका खाद्यबस्तु बरामद गरिएको छ।

आज काठमाडौँ महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं उपप्रमुख सुनिता डंगोल नेतृत्वको अनुगमन टोलीले डी एण्ड डी खाद्य सप्लायर्सबाट ७७ बोरारप्याकेट र अमन खाद्य किराना पसलबाट ४ बोरा र प्याकेट बरामद गरिएको हो।

सप्लायर्सलाई एप्पल ब्राण्डका १० बोरा चामल विक्री गर्न रोक लगाइएको छ।

सप्लायर्सबाट बरामद गरिएका खाद्य सामग्रीहरुमा १० केजीका ६ बोरा र ५ केजीको १ बोरा मस्यौरा, २५ किलो तौलका ४९ बोरा र १ किलोका ५० प्याकेटको एउटा बोरामा प्याक गरिएका ६ बोरा लङ्ग्रेन चामल छन्।

त्यस्तै १२ लिटरको एक कार्टुनमा प्याक गरिएका ९ कार्टुन तेल, २५ किलो तौल भएका २ बोरा चना, ५ कार्टुन साबुन बरामद गरिएको हो।

अनुगमनमा क्रममा ७ वटा पसलहरु हेरिएका थिए । यसमा खाद्य पसल, मिठाइ पसल हेरिएको थियो।

यस क्रममा संगम स्वीटको भान्छामा मिठाइ बनाउँदै गरिएको तेल अखाद्य भेटिएकोले त्यसलाई नष्ट गरिएको थियो।

व्यापारीहरु उपभोक्ता अधिकारमा जिम्मेवार हुने र उपभोक्ताले बजारमा जुन अवस्थामा छ त्यही अवस्थाको सामान किन्ने होइन भन्ने हेक्का राख्नु पर्छ अनि मात्र बजार व्यवस्थापनमा सहज हुन्छ। अनुगमनका क्रममा समितिकी संयोजक एवं उपप्रमुख डंगोलले भनिन्, ‘कतै थाहा नभएर त कतै लापर्वाही गरेर व्यापार गरेको देखियो । व्यापारी र उपभोक्ता दुवैलाई स्वच्छ बजार सम्बन्धी आधारभूत कानुनी ज्ञानको आवश्यकता देखियो।’

स्वच्छ बजार निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र गर्नु पर्ने दायित्व र निकायगत समन्वयलाई प्राथमिकता दिएर काम गर्नेछ। उपप्रमुख डंगोलको भनाइ छ।

बजारको अवस्थाका विषय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँ डिभिजनका प्रमुख एवं अनुसन्धान अधिकृत डा सन्तोष ढकाल भन्छन्, ‘किराना पसलहरुमा व्यवस्थापन र सरसफाईमा धेरै समस्या छ। अनुगमनका क्रममा खाद्यबस्तुमा कमिला, कीरा र धुन लाग्ने समस्या धेरै पाएका छौँ। खाद्य अनुज्ञा पत्र नलिएका सामान बेच्नु नहुने कुराको ज्ञान नभएको र ज्ञान भएकाले पनि कार्यान्वयन नगरेको देखिएको छ।’

वाणिज्य तथा आपूर्ति विभागका अधिकृत रामचन्द्र ढकाल भन्छन्, ‘बजारमा हेर्नु पर्ने धेरै कुरा छन्। अहिले हामीले तयारी बस्तु हेरेका हौँ। यसको पूरा व्यवस्थापनका लागि उत्पादन क्षेत्रसम्म पुग्नुपर्ने हुन्छ। यसमा काठमाडौँ महानगरपालिकालार्य गर्नु पर्ने विभागको सहयोग प्राप्त रहन्छ।’

अनुगमनबाट व्यापारीलाई दिएको निर्देशन पालना भएको देखिँदैन। यसबाट सुधारका चिन्ह केही देखिएनन्।
अनुगमनपछि उपभोक्ता उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले पर्वलक्षित अनुगमनलाई अन्य समयमा निरन्तरता दिन सके थिति बस्ने सम्भावना देखाए।

स्थानीय वस्तु तथा सेवा र स्वच्छ बजारका लागि काठमाडौँ महानगरपालिकाले ‘काठमाडौ महानगरपालिका वजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ राजपत्रमा जारी गरिसकेको छ। ऐनबमोजिम महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्न सक्छ।

अनुगमनमा महानगरको अनुगमन तथा मुल्याङ्कन एकाई, स्वास्थ्य विभाग, पशु स्वास्थ्य महाशाखा, नगर प्रहरी बलका अधिकारीहरुको सहभागिता थियो।

आफू ठगिएको शंका लागे महानगरलाई निःशुल्क टोल फ्रि नं. मा सम्पर्क गर्नोस्

महानगरका टोल फ्रि नंम्बरहरु १६६००१ ०५५११ र ११८० हुन्। यीमध्ये ११८० स्वास्थ्य सेवाका लागि अन्तिममा ५५११ भएको नम्बर अन्य गुनासा तथा सुझावका लागि हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।