२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

आफुले काम गरेको पारिश्रमिक तलब माग्दा नेपाल लाइभका संचालकद्वारा गाली गलौच

Logo
प्रकाशित बिहिबार, आश्विन १३, २०७९

 

(ABC-Sanchar)

दाङ । नेपाल लाइभ डट कममा कार्यरत दाङ प्रतिनिधि प्रियास्मृती गजमरेलाई उनी कार्यरत रहेको अनलाइन संचालकले दुर्व्यवहार गरेका छन ।

उक्त अनलाइनका दाङ प्रतिनिधि रहेका पत्रकार गजमेरले दशैं आइसक्यो सर, दशैं खर्च पठाइदिनु हुन्छ कि भनेर फोन गर्दा नेपाल लाइभका संचालक अनिल न्यौपानेले अश्लील शब्द प्रयोग गर्दै गाली समेत गरेको उनले गुनासो गरे ।

तीन महिना अघिबाट नेपाल लाइभमा जाेडिएका पत्रकार गजमेरलाई अनलाइनका सञ्चालक न्याैपानेले पारिश्रमिक दिनुकाे साटाे उल्टै हप्काएर फोन नगर्ने धम्की दिएका छन ।`काम गरेपछि पारिश्रमिक चाहियाे, त्यहीँ माग्न सम्पर्क गर्दा उल्टै खप्कि खानु पर्याे´उनले भने-`श्रमशाेषण गर्ने मिडिया हाउस किन चाहियाे ।´ आफु माथि भएको अन्यायकाे बिराेधमा नेपाल पत्रकार महासंघ दाङमा समेत उजुरी दिने तयारी गरेकाे जानकारी दिएका छन । न्याैपानेले अश्लील शब्द प्रयाेग गर्दै गालिगलाैच गरेका थिए ।`ओए मुला तलाई कति लाख चाहियो ? तेरो स्कोर कति हो ? दुई लाख, चार लाख, पाँच लाख ?? कति हो भन म भोलि पठाइ दिन्छु, साहुलाई घरीघरी फोन गर्छस मुला फोन राख ।´ जस्ता शब्द प्रयोग गरेको पीडित पत्रकार गजमेरले गुनासो गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]