२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

एमालेको कार्यक्रममा कमल थापा पुगे

Logo
प्रकाशित बिहिबार, आश्विन १३, २०७९

मकवापुर । नेकपा एमालेको कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पुगेपछि केही क्षण तरंग पैदा भएको छ । बिहीबार बिहान एमाले मकवानपुरले दसैँ-तिहारको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा अध्यक्ष थापा टुप्लुक्क पुगेका थिए ।

एकाएक एमाले मकवानपुरको सामान्य चियापान कार्यक्रममा थापाको उपस्थितलाई राजनीतिक रुपमा अर्थपूर्णरुपमा हेरिएको छ । पहिलोपटक हेटौंडा–५, सानोपोखरास्थित एमाले मकवानपुरको पार्टी कार्यालय पुगेका उनले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, एमाले जिल्ला अध्यक्ष एकलाल श्रेष्ठलगायतसँग भलाकुसारी गरेका थिए ।

मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारी गरिरहेका अध्यक्ष थापाले पछिल्लो समय एमालेसँग चुनावी तालमेलका लागि छलफल गरिहेका छन् । बिहीबार एमालेको कार्यक्रममा खबर नै नगरी जानुुलाई चुनावसँग जोडिएर हेरिएको छ ।

अघिल्लो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालसँग मकवानपुर–१ बाटै पराजित भएका थापाले आगामी मंसिर ४ मा हुने निर्वाचनमा सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । उनले त्यसका लागि एमालेसँग सहयोग मागिरहेका छन् । कार्यक्रममा उनले एमालेका जिल्ला नेताहरुसँग चुनावी माहोलबारे छलफल गरेका थिए ।

कार्यक्रममा अध्यक्ष थापाको साथमा महामन्त्री राजाराम बर्तौैला, भाइ गणेश थापा, राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटासहितका नेता पुगेका थिए ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!