२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरी आईजिपी राजु अर्यालबाट सिसिएससी तालिमको समापन

Logo
प्रकाशित शुक्रबार, आश्विन १४, २०७९

ABC (क्राईमबिट)

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २९ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको समापन गर्नुभएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असोज १४ गते आयोजित एक कार्यक्रमका बीच सो तालिमको समापन गर्नुको साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।
कार्यक्रममा उहाँले सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त जिम्मेवारीहरु कुशलतापूर्वक निर्वाह गर्न संगठनका सवै तहका कर्मचारीहरु पेशागत ज्ञानले शिक्षित प्रशिक्षित हुनुपर्ने उल्लेख गर्नुहुँदै उपलब्ध जनशक्तिलाई प्रभावकारी नेतृत्व प्रदान गर्न सक्षम नेतृत्वको अपरिहार्यतालाई यस्ता पेशागत तालिमले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चाडबाडसँगै आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिँदै गईरहेको सन्दर्भमा सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्वाचन सुरक्षा, परिचालन र आईपर्ने सुरक्षा चुनौती र यसको व्यवस्थापनतर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिनुभयो ।
उहाँले दर्जा अनुसारको तालिम प्राप्त निपूर्ण जनशक्तिबाट संगठनले लक्षित उद्देश्य हासिल गर्न सक्ने भएकोले तालिमबाट आर्जन गरेको सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, कला र कौशललाई कार्यक्षेत्रमा परिचालित हुँदा व्यवहारिक रुपमा समेत लागू गर्नुपर्ने बताउनुभयो ।
महानिरीक्षक अर्यालले सीमित श्रोत साधनका बावजुद देशका ७७ वटै जिल्लाका सशस्त्र प्रहरी बल नेपाल परिचालित रहेको सन्दर्भमा प्रतिकूल भूगोल, मौसम र परिस्थितिको सामना गर्दै समयानुकुल परिवर्तित सुरक्षा चुनौतीहरुलाई परास्त गरी कार्यक्षेत्रमा थप हौसला, जोश, जाँगर र उर्जाका साथ परिचालित हुन तालिमबाट सिकेको ज्ञानले थप मद्दत पु¥याउने उल्लेख गर्नुभयो ।
१२ हप्ता अवधिको उक्त तालिम ३३ जना सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो ।
उक्त तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, फौजको परिचालन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका आन्तरिक तथा विभिन्न क्षेत्रका विषय विज्ञबाट प्रशिक्षण प्रदान गरिएको कुरा सो अवसरमा जानकारी गराइएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।