२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ ट्राफिक प्रहरीले चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न (टाइम-कार्ड) लागू

Logo
प्रकाशित शनिबार, आश्विन १५, २०७९

(सागर थापा)

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले लामो तथा छोटो दूरीमा चल्ने सम्पूर्ण सवारी साधनमाहरुमा (टाइम-कार्ड) लागू गरेको छ ।

दशै चाडपर्व सुरु भएपछि सवारी साधनको चाप बढ्दै गर्दा सवारी दुर्घटना हुने जोखिमसमेत बढ्दै गएकाले टाइम कार्ड लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले बताए ।

दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले उपाय खोजिएको दाङ ट्राफिकले जनाएको छ ।

यता शनिबारदेखि बाँके र दाङको सिमाना अमिलियबाट टायम कार्डको सुरुवात गरिएको छ । ईलाका प्रहरी कार्यालय अमिलिया दाङका प्रहरी निरीक्षक सुरेन्द्र बिक्रम बर्तोलाको प्रमुख अथितीमा र अस्थाई ट्राफिक पोस्ट अमिलियाका ट्राफिक इन्चार्ज प्रहरी वरिष्ठ हवलदार टेक बहादुर कुसारी सहितको सुरक्षा प्रमुखहरुको टोलीले राजमार्ग क्षेत्रको अनुगमन गरी दुर्घटना न्यून गर्न टाइम कार्ड सवारी चलाकहरुलाई वितरण गरेर सुरुवात गर्नुभएको थियो ।

यस्तै अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीका ट्राफिक इन्चार्ज प्रहरी साहयक निरीक्षक बिक्रम बिक र अस्थाई ट्राफिक पोष्ट भालुवाङका इन्चार्ज प्रहरी सहायक निरीक्षक दिपक थापा लगाएतको ट्राफिक प्रहरीले सयुत्त रूपमा (टाइम-कार्ड) प्रदान गरेको भालुवाङबाट पत्रकार सन्तोष थापा क्षेत्रीले बताएका छ्न ।

जिल्ला प्रहरी कार्यालय दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ ईलाका प्रहरी कार्यालय अमिलिया दाङ वडा प्रहरी कार्यालय लमही दाङ ईलाका प्रहरी कार्यालय भालुवाङ लगाएतको प्रहरी चेकपोष्टले छड्के चेक गर्नेगरी टाइम-कार्ड लागू गरिएको छ।​

अमिलियादेखि लमहीसम्म रहेको ३७ किलोमिटरको दुरी पार गर्न ठुलो सवारी साधनलाई १ घण्टा र कार जिप मोटरसाइकललाई ५० मिनेटको समय अवधि तोकिएको छ । यस्तै लमहीदेखि भालुवाङसम्म २५ किलोमिटरको दुरीमा ४५ मिनेटको निर्धारित समयभन्दा चाँडै आउने सवारी साधनलाई जरिवाना गरिने दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।