२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

राप्ती नदीमा खतराको संकेत सतर्कता अपनाउन आग्रह विभिन्न ठाँउमा डुबान र जलमग्न

Logo
प्रकाशित बुधबार, आश्विन १९, २०७९

(ABC-Sanchar)

दाङ । लगातार वर्षातका कारण राप्ती नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्व ज्वालामाइ गण भालुवाङ्का प्रमुख बिनोद केसीले राप्ती नदीको बहाव बढेको जानकारी दिए । उनका अनुसार बुधवार दिउसो साढे १ बजे खतराको तह पार गरी ५.४५ मिटर पुगेको छ, यो खतराको तह हो ।

राप्ती नदीले खतराको तह पार गरेको भन्दै नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । यता दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राप्ती नदीको तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन अनुरोध गरे । निरन्तर बर्षा जारी रहेको र नदीको तल्लो तटियय क्षेत्रमा काठ दाउरा समात्न, निकाल्न जाने कार्य अति जोखिमपूर्ण भएकाले नदीको किनार छेउमा नजान समेत अनुरोध गरिएको छ ।

देउखुरीका विभिन्न क्षेत्र जलमग्न
गए रातीदेखि लगातारको बर्षातका कारण दाङ सहित देउखुरीको विभिन्न क्षेत्रहरू जलमग्न भएको छ । निरन्तर वर्षाका कारण देउखुरीको विभिन्न वडाहरू जलमग्न भएको हो । राप्ती नदी आसपासका बस्तीहरु जलमग्न भएका हुन् । स्थानीय खोलामा बाढी आउँदा लमही गढवा यातायात सेवा प्रभावित भएको छ ।

लगातार वर्षाको कारण लमही, राजपुर, गढवा, राप्ती लगायतका विभिन्न क्षेत्रहर जलमग्न भएका छन् । यता लमही नगररपालिका नगर प्रमुख जोगराज चौधरीले नगरबासीलाई सर्तकता अपनाउन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]