०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

लगातारको बर्षाले जाजरकोटमा ४ दिनदेखि सञ्चार सेवा अवरुद्ध

Logo
प्रकाशित आइतबार, आश्विन २३, २०७९


(ABC-Sanchar)
जाजरकोट । अविरल वर्षासँगै जाजरकोट सदरमुकामदेखि सबै पालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ ।

सोलार सिस्टममा घाम नलाग्दा यहाँका टेलिफोन टावरले काम नगरेका हुन् । सदरमुकाममा समेत तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा फोन सेवा अवरुद्ध भएको छ ।

जिल्लाका सातै पालिकामाका साथै छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिममा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । विद्युत् नहुँदा जिल्लाका रेडियोहरुसमेत बन्द भएका छन् । वर्षा निरन्तर भइरहेकाले विद्युत्, सञ्चार सबै सेवा ठप्प भएको छ । ग्रामीण सडकसमेत पूर्ण रुपमा ठप्प भएका छन् ।

जाजरकोट–डोल्पा सडक खण्डको खलङ्गादेखि नलगाड दल्लीसम्म मात्र यातायात सेवा सञ्चालन भएका छन् । नलगाड बारेकोट सडकसमेत ठाउँठाउँमा भत्किएका कारण यातायात सेवा अवरुद्ध भएको हो । पश्चिम जाजरकोट, रुकुम पश्चिमका ग्रामीण सडकसमेत अवरुद्ध भएको बताएको छ ।

विद्युत् सेवा मर्मत गर्नका लागि पानी निरन्तर परेका कारण समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । आज प्रदेशसभा र प्रतिनिधिसभा तर्फको मनोनयन दर्ता गर्ने दिनभकाले नेता तथा कार्यकर्ताहरुसँग सम्पर्क नहुँदा उम्मेदवारलाई हैरान भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!