२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

सभामुख अग्निप्रसाद सापकोटाले त्यागे सरकारी सेवा सुविधा निजी निवास फर्किए

Logo
प्रकाशित आइतबार, आश्विन २३, २०७९


(ABC-Sanchar)
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले शनिबारदेखि सरकारी सेवा सुविधा छाडेका छन् । उनी निजी निवासमा फर्किएको उनको सचिवालयले जनाएको छ ।

सापकोटा २०७६ सालमा सभामुख निर्वाचित भएका थिए। तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त पदमा सापकोटा निर्वाचित भएका थिए ।

सापकोटाले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरिसकेका छन् । शनिबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरी उनले आफू उम्मेदवार नबन्ने तर सक्रिय राजनीतिमा रहिरहने बताएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!