२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

गगनलाई समर्थन

Logo
प्रकाशित बुधबार, आश्विन २६, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं ४ मा प्रतिनिधिसभामा  उम्मेदवारी दिएका अरुण श्रेष्ठले नाम फिर्ता लिएका छन् । श्रेष्ठले बुधबार दिउँसो उम्मेदवारी फिर्ता लिएपछि काठमाडौं ४ मा रवि लामिछाने नेतृत्वका राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी बिहिन भएको हो । कांग्रेस महामन्त्री गगन थापा उम्मेदवार रहेकाले संसदमा उनको आवश्यकता देखेर नाम फिर्ता लिएको श्रेष्ठ बताए ।  ‘योग्य र सक्षम व्यक्ति संसदमा आउनुपर्छ । रवि लामिछाने र गगन थापा जस्तो व्यक्ति संसदमा चाहिन्छ,’ श्रेष्ठले भने ।
यसका साथै उम्मेदवारको तयारी नपुगेले पनि आफूले उम्मेदवारी फिर्ता लिएको श्रेष्ठको भनाइ छ । अर्को पटकका लागि अलि अघिदेखि तयारी गरेर उम्मेदवार भन्ने बताए । यसअघि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सन्तोष प्रधान चौधरीले पनि थापालाई समर्थन गरेर उम्मेदवारी फिर्ता गरेका थिए ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!