२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

श्रीमती र छोराछोरीको हत्या गरेका दीपेन्द्र घाइते अवस्थामा भेटिए

Logo
प्रकाशित बिहिबार, आश्विन २७, २०७९

बारा । बारामा एक व्यक्तिले परिवारका तीन जनाको हत्या गरेका छन् । बाराको प्रसौनी गाउँपालिका–५ प्रस्टोका दीपेन्द्र चौधरीले श्रीमती र छोराछोरीको हत्या गरेर भाग्दै गर्दा दुर्घटनामा परेको अवस्थामा दीपेन्द्र पक्राउ परेको प्रहरीले जनाएको छ ।

बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीका अनुसार दीपेन्द्रले २५ वर्षीया पत्नी सुजता चौधरी, छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको छोरा राजविर चौधरीको हत्या गरेका हुन् । गाउँकै ढोरा खोलामा परिवारै घोंगी खोज्न गएका बेला उनले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार बुधबार बिहान खोला किनारमा फरक–फरक स्थानमा आमा र छोराछोरीको शव फेला परेको थियो । उनीहरु सबैको घाँटी रेटिएको छ । घोंगी टिप्ने क्रममा विवाद भएप्छि दिपेन्द्रले आवेशमा हत्या गरेको हुनस सक्ने एसपी बोगटीले बताए ।
प्रहरीको प्रारीम्भक अनुसन्धानअनुसार दिपेन्द्रले सोमबार नै हत्या गरेका थिए । तर, बुधबारमात्रै शव फेला परेको थियो । सोमबार राति दिपेन्द्र दुर्घटनामा परेको अवस्थामा फेला परेका थिए ।

घाइते दिपेन्द्रको आफन्त खोजी गर्नेक्रममा उनी हत्यारा भएको खलेको हो । उनका ससुरा सुरेन्द्र चौधरीले छोरी र नातिनातीनाको सोधिखोजी गर्दै जाँदा घटनाको रहस्य खुलेको प्रहरीले जनाएको छ ।

सुरुमा दीपेन्द्रले छोराछोरीको हत्या भएकाले आफू भागेको प्रहरीलाई बताएका थिए । दिपेन्द्रको हाल एलएस न्यूरो अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।