२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सशस्त्र एसपी बचाउन हिरासतमा राखिएका हवल्दारले पाए सफाई

Logo
प्रकाशित बिहिबार, आश्विन २७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । ३ महिनादेखि हिरासतमा रहेका सशस्त्र प्रहरीका हवल्दार नरेश साहु हिरासतमुक्त भएका छन् । उनलाई संगठनका गोप्य सूचना चुहाएको आरोपमा सशस्त्रले कारबाही अगाडि बढाएको थियो ।

तर सशस्त्रको अदालतले आरोप पुष्टि नहुने ठहर गर्दै फैसला गरेपछि सशस्त्र प्रहरीको ४४ नम्बर गणमा कार्यरत साहुलाई बुधबार हिरासतमुक्त गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरूषोत्तम थापाले जानकारी दिए ।

‘उहाँमाथि जे आरोप लगाएर कारबाही अगाडि बढाइएको थियो त्यो पुष्टि भएन । हिजै हिरासतमुक्त गरिएको छ अब विभागीय कारबाही मात्रै हुन्छ । तर के कारबाही हुन्छ भन्ने फैसलाको पूर्णपाठ आएपछि थाहा हुन्छ,’ थापाले भने ।

हवल्दार साहु हाल निलम्बनमा छन् । उनलाई जागिरबाटै बर्खास्त गर्न लागिएको भन्दै सशस्त्रको आलोचना भएको थियो । असार २२ गते उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । हवल्दार साहुले सशस्त्रको ४४ नम्बर गणका सशस्त्रलाई बिदामा छाडेर रासनभत्तामा अनियमितता गरेको सूचना बाहिर ल्याएको आरोप लागेको थियो ।

गणभित्रको हाजिरी विवरणसहित सार्वजनिक भएपछि सशस्त्र प्रहरीले छानबिन गर्दै दार्चुलास्थित महाकाली नगरपालिका–२ मुल्ला घर भएका सशस्त्र प्रहरी हवल्दार साहुमाथि प्रारम्भिक रुपमा दोषी रहेको भन्दै हिरासतमै राखेर कारबाही अगाडि बढाएको थियो । सशस्त्रले भने उनले हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको आरोप लगाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]