२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

इन्जिनियर दिपक बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Logo
प्रकाशित आइतबार, आश्विन ३०, २०७९

सुर्खेतको यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ब्लुबुक नविकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरण गरिदिनको लागि उनले विचौलिया नीरक बहादुर शाहीसँग घुस लिएका थिए । गत १० भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेकोमा आइतबार मुद्दा दायर भएको हो ।अनुसन्धानको सिलसिलामा यातायात व्यवस्था कार्यालय, कर्णाली प्रदेश, वीरेन्द्रनगर सुर्खेतका मेकानिकल इन्जिनियर दिपक बमले सेवाग्राहीको सवारी साधन जाँचपास गराउनका निमित्त विचौलिया नीरक बहादुर शाहीमार्फत रु.३,०००।–घुस÷रिसवत माग गरी लिएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर भएकोले निज मेकानिकल इन्जिनियर दिपक बमलाई बिगो रु.३,०००।– (तीन हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद तथा बिगोबमोजिमको जरिवानाको मागदाबी लिइएको आयोगले जनाएको छ । बिचौलिया शाहीविरुद्ध पनि मुद्दा दायर भएको छ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!