२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

एसपी सन्तोष खड्काले सर्वाेत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार

Logo
प्रकाशित सोमबार, आश्विन ३१, २०७९

नेपाल प्रहरीका एसपी सन्तोष खड्काले सर्वाेत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार पाएका छन् । प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सो पुरस्कार प्रदान गरेका हुन् ।

पूर्व आइजिपी मोतिलाल बोहराले आफ्नो नामबाट यो वर्षदेखि सो पुरस्कार स्थापना गरेका हुन् । बिशेष ब्यूरोमा कार्यरत एसपी खड्काले अनुसन्धानमा उत्कृष्ट काम गरेको आधारमा पुरस्कार पाएका हुन् ।

त्यस्तै, पूर्व आइजिपी अच्युतकृष्ढा खरेलले स्थापना गरेको अच्युत–मिना अमर प्रहरी पुरस्कार पनि प्रदान गरिएको छ । अमर प्रहरी हवल्दार हेमन्त बहादुर जिसीकी सञ्जु जिसी र अमर प्रहरी निम शरण थापाका छोरा सन्दीप थापालाई पुरस्कार वितरण गरिएको छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।