२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँकेमा नेपाल प्रहरीको ६७ औं प्रहरी दिवस २०७९ भब्यताका साथ सम्पन्न

Logo
प्रकाशित मंगलबार, कार्तिक ०१, २०७९


(महेन्द्र सिंह)
बाँके । नेपाल प्रहरी संगठनको ६७ औं प्रहरी दिवस २०७९ को अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा असोज ३१ गते भब्यताका साथ सम्पन्न भएको छ ।

प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले संचालन गर्नु भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री एवं बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीको अध्यक्षतामा रहेको थियो ।

सो अवसरमा पुर्व प्रहरी, अशक्त अवकाश प्राप्त प्रहरी, अमर प्रहरी परिवार तथा संचारकर्मी, नागरिक समाज, ससस्त्र प्रहरी बलका स.प्र.उ., नेपाली सेनाका प्रमुख सेनानी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख लगायतका अतिथी हरुको उपस्थिति रहेको उक्त कार्यक्रमको स्वागत मन्तब्य तथा प्रहरी महानिरीक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त सुभकामना सन्देश जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी राम प्रसाद घर्ती मगरले वाचन गर्नु भएको थियो ।

सो कार्यक्रममा पुर्व प्रहरी कर्मचारीको तर्फबाट पुर्व प्रहरी नायव उपरीक्षक जोति प्रसाद श्रेष्ठ, अमर प्रहरी परिवारको तर्फबाट श्रीमती एकमाया बिश्वकर्मा त्यसै गरी अशक्त अवकाश प्रहरीको तर्फबाट हरि सुनार र सामुदायिक प्रहरी सेवा केन्द्रको तर्फबाट दिपेन्द्र कुमार जोशी लगायतले सुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । उक्त अवसरमा अमर प्रहरी स्मारकमा प्रमुख अतिथिज्युबाट पुष्पहार अर्पण गर्नु भएको थियो । सो पश्चात उपस्थित सम्पुर्णले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए ।


उक्त कार्यक्रममा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईका प्रहरी कर्माचरीहरुलाई तथा प्रहरी कार्यमा सहयोग गर्ने र जग्गादाताहरुलाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकज्युबाट प्राप्त कदर पत्र प्रदान गरिएको तथा अमर प्रहरी परिवारजनलाई दोसल्ला ओढाई प्रमुख अतिथिज्युले सम्मान गर्नु भ्एको थियो । साथै ६७ औं प्रहरी दिवस २०७९ को अवसरमा बिभिन्न बिधामा संचालन गरिएको ब्याडमिन्टन, टेबल टेनिस, कुर्सि दौड प्रतियोगिता संचालन गरिएकोमा खेलकुदमा प्रथम, द्वितीय हुनेलाई प्रमाण पत्र र मेडल प्रदान गरीएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्र.जि.अ. सुर्य बहादुर खत्रीले नेपाल प्रहरीको गर्विलो ईतिहास र सुनौलो भबिष्य रहेको र जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेको त्यस आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने बिश्वास समेत ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी बिर तथा अमर प्रहरीले देखाएको मार्गमा सधै अडिक भएर लाग्ने र जनअपेक्षा पुरा गर्नका लागी जस्तो सुकै कठोर निर्णय लिन पनि तयार रहेको बताउनु भएको थियो । उक्त कार्यक्रम समापन पश्चात दिवा खाना तथा प्रहरी पुनर्मिलन कार्यक्रम रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]