२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

इन्जिनियर नवराज सत्यालसँग ३७ लाख ३० हजार रुपैयाँ बरामद

Logo
प्रकाशित बिहिबार, कार्तिक ०३, २०७९

काठमाडौं । खानेपानी तथा सररसफाई डिभिजन नम्बर ४ मन्थलीमा कार्यरत इन्जिनियर नवराज सत्यालसँग ३७ लाख ३० हजार रुपैयाँ बरामद भएका छ । २८ लाख रुपैयाँ घुसवापतको भएको र खानतालासीका क्रममा उनीसँग थप नौ लाख ३० हजार रुपैयाँ स्रोत नखुलेको रकम भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगको टोलीले प्लम्बर बखत बहादुर थापासहित उनलाई बुधबार अपरान्ह १६ लाख नगद र १२ लाखको चेकसहित घुस लिदै गर्दा पक्राउ गरेको थियो । मन्थली–१ स्थित इन्जिनियरको निवासबाट उनीहरु रंगेहात पक्राउ परेका थिए । इन्छिनगाउँ लिफ्ट खानेपानी आयोजनाको खानेपानी तथा सरसफाइ उपभोक्ता सििमतको कामको भुक्तानीका लागि उनीहरुले घुस मागेका थिए । पक्राउ गरेर डेरामा खानतालासी गर्दा थप नौ लाख ३० हजार आयोगले बरामद गरेको थियो । इन्जिनियर सत्यालले सो रकमको स्रोत खुलाउन सकेका छैनन् ।

आठौं तहका कर्मचारी सत्याल २०५५ सालमा सरकारी सेवामा प्रबेश गरेका हुन् । यो अवधिमा उनले अकुत सम्पत्ति आर्जन गरेका छन् । भक्तपुरमा करोडौंको घर बनाएका उनीसँग निजी गाडी समेत रहेको र सम्पत्ति बारे पनि छानबिन गरिने अख्त्यिारले जनाएको छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]