२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

८६७ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा

Logo
प्रकाशित शनिबार, कार्तिक ०५, २०७९

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ८६७ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन् । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका कूल २ हजार ४१२ उम्मेदवार मध्ये सबैभन्दा धेरै स्वतन्त्र तर्फबाट उम्मेदवारी परेको हो । निर्वाचन आयोगका अनुसार राजनीतिक दलतर्फ सबैभन्दा धेरै नेकपा एमालेले १४१ स्थानमा उम्मेदवारी दिएको छ । दोश्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले १४० स्थानमा उम्मेदवारी दिएको छ । तेश्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ स्थानमा उम्मेदवारी दिएको छ । चौथो स्थानमा रहेको नेपाल मजदुर किसान पार्टीले १०९ स्थानमा उम्मेदवारी दिएको छ । यस्तै नेपाली कांग्रेसले ९१ स्थानमा मंगोल नेशनल अर्गनाइजेशनले ८८ स्थानमा, जनता समाजवादी पार्टी नेपालले ७९ स्थानमा, हाम्रो नेपाली पार्टीले ६२ स्थानमा, राप्रपा नेपालले ५८ स्थानमा राष्ट्रिय जनमुक्ति पार्टीले ५६ स्थानमा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ स्थानमा उम्मेदवारी दिएका छन् ।यस्तै नेकपा माओवादी केन्द्रले ४६ स्थानमा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४० स्थानमा, नेपाली कांग्रेस वीपीले ३९ स्थानमा, नेकपा एकीकृत समाजवादी पार्टीले २१ स्थानमा उम्मेदवारी दिएका छन् ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]