२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

डेंगीका कारण थप एक जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, कार्तिक ०५, २०७९

डेंगीका कारण थप एक जनाको मृत्यु भएको छ। हालसम्म डेंगीबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेंगीको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्क छ। मुलुकका ७७ वटै जिल्लामा डेंगी फैलिएको मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय १६ छ। हालसम्म नेपालमा १० लाख चार सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितमध्ये नौ लाख ८७ हजार छ सय ८२ जना सङ्क्रमणमुक्त भएका छन् भने १२ हजार १८ जनाको मृत्यु भएको छ।

शनिबार २३ हजार छ सय सात जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन्।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]