२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

प्रहरी निरीक्षक आधारभूत तालिम १-१८१ औं समूहको दीक्षान्त कार्यक्रम सम्पन्‍न

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । महाराजगञ्‍ज माननीय गृह मन्त्री बालकृष्ण खाणज्यूको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आईतबार आयोजित विशेष समारोह बीच प्रहरी निरीक्षक आधारभूत तालिम १-१८१ औं (PGDPS 12th) समूहको तालिमको दीक्षान्त समारोह सम्पन्‍न भएको छ । समारोहमा प्रमुख अतिथि मानीय गृहमन्त्रीज्यूले तालिमका उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई पुरस्कार वितरण गरी दीक्षित प्रहरी अधिकृतहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो । सम्बोधनको क्रममा उहाँले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको हर जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको कुरा उल्लेख गर्दै यस्तो गौरवमय इतिहास बोकेको संगठनका आज दीक्षित अधिकृतहरू प्रत्येक जिम्मेवारी व्यावसायिकता पूर्वक निर्वाह गर्दै नागरिकलाई महसुस हुनेगरी सेवा प्रदान गर्न सफलता हासिल गर्नेमा विश्‍वास समेत व्यक्त गर्नुभयो

नेपाल प्रहरी जस्तो गतिशील संगठनमा तालिमको महत्वबारे नेपाल सरकार र गृह मन्त्रालय पूर्ण जानकार रहेको उल्लेख गर्दै प्रमुख अतिथिज्यूले बढ्डो चुनौतीको सामना गर्न सक्षम जनशक्तिको विकास गर्न संगठनले थप नयाँ तालिमको महशुस गरेमा त्यसमा नेपाल सरकार र गृह मन्त्रालय सकारात्मक रहने कुरा उल्लेख गर्नुभयो । स्थानीय तह निर्वाचनको सुरक्षामा नेपाल प्रहरीले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै मंसिर ४ गतेलाई तय भएको आगामी निर्वाचन सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बहन गर्न नेपाल प्रहरीलाई सदा झैं सफलता मिलोस् भनी शुभकामना समेत व्यक्त गर्नुभयो ।

पुरस्कृत हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुमा तालिममा सर्वप्रथम हुने कैलाश लिम्बु, सर्वद्वितीय आदर्श गिरी, सर्वतृतीय आशिस पोखरेल, अध्ययन प्रथम गोविन्द प्रसाद भण्डारी, कवाज प्रथम अभय लामा, शारीरिक व्यायाम तथा प्रहरी युक्ति तथा कारबाही प्रथम सनम मल्ल र चाँदमारी प्रथम हुने पूर्ण बहादुर के.सी. रहेका छन् ।

समारोहमा धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आज दीक्षित हुने प्रहरी निरीक्षकहरुलाई निर्देशन सम्बोधनको क्रममा अब उनीहरुले टेक्ने कार्यक्षेत्र चुनौतीपूर्ण रहेको र चुनौतीपूर्ण कार्यक्षेत्रमा सकारात्मक परिणाम दिनसक्ने गरी प्रतिष्ठानले प्रशिक्षित गरेको विश्वास व्यक्त गर्नुभयो । चुनौतीको सामना गर्नका लागि १७ महिना लामो तालिमले सक्षमता प्रदान गरकोले उच्च मनोबल सँगै कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभयो । मन्तव्यको क्रममा उहाँले Chain of Command नेपाल प्रहरीले अवलम्बन गर्दै आएको महत्वपूर्ण Professional Culture भएको हुनाले Chain of Command भन्दा बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पना प्रति संगठन कठोर रहेको कुरामा जोड दिनुभएको थियो ।

उक्त अवसरमा मन्तव्य व्यक्त गर्दै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन सहायक प्रा.डा. हरी प्रसाद अधिकारीज्यूले तालिमको साथै पिजीडिपीएस कार्यक्रमलाई निरन्तरता दिंदै १२ औं समूहसम्म सफलता पूर्वक सम्पन्न गराएकोमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान तथा नेपाल प्रहरी संगठनप्रति आभार प्रकट गर्नुभयो ।

समारोहमा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । साथै उहाँले तालिम सम्बन्धी जानकारी दिँदै गत २०७८ वैशाख ०२ गतेबाट प्रारम्भ भएको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८१ औं समूहमा १३२ जना पुरूष र १४ जना महिला गरी जम्मा १४६ जना प्रहरी निरीक्षकहरू आधारभूत तालिममा सफल भई दीक्षित भएको जानकारी समेत गराउनु भएको थियो ।

प्रशिक्षार्थीहरुले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत बिद्यालयद्वारा सांगीतिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरुलाई आ-आफ्ना अभिावकहरुद्वार दर्ज्यानी चिन्ह सुशोभन गरिएको थियो ।

उक्त दीक्षान्त समारोहमा माननीय महान्यायाधिवक्ता खम्वबहादुर खातीज्यू, श्रीमान् गृह सचिव बिनोद प्रकाश सिंहज्यू, संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहज्यू, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाज्यू, त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का डीन प्रा.डा. दिव्या सिंहज्यू, कान्ति वाल अस्पतालका निर्देशक डा. युबानिधी बसौलाज्यू, स्वार्गिय कुलानन्द स्मृती अक्षय कोषका अध्यक्ष तथा राष्ट्र बैकका पूर्व गभर्नर डा. चिरन्जीवी नेपालज्यू, सेवा निवृत्त प्रहरी महानिरीक्षकज्यूहरू, PGDPS कार्यक्रममा सल्लाहकार राजीव बिक्रम राणाज्यू, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन सह प्राध्यापक हरि प्रसाद अधिकारीज्यू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक, निर्देशक र समादेशकज्यूहरु, निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलका बरिष्‍ठ अधिकृतज्यूहरु, संचारकर्मी मित्रहरु, आज दीक्षित हुनुहुने सम्पूर्ण प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीहरुका अभिभावकहरु तथा अन्य आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]