३० बैशाख २०८१, आइतबार
12-05-2024 , Sun
×

बन्दुकको छर्रा लागेर एक जना महिला घाइते

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९

कास्कीमा बन्दुकको छर्रा लागेर एक जना महिला घाइते भएकी छन् । शनिबार बिहान साढे ८ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ खैमराङमा घाँस काट्दै गरेकी महिला बन्दुकको छर्रा लागेर घाइते भएकी थिइन् । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले साँझ एक जनालाई बन्दुकसहित पक्राउ गरेको कास्की प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताए । उनका अनुसार  घटनालगत्तै खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही वडाका २२ वर्षीय आइत सिंह तामाङ छन् । उनको साथबाट एक नाले भरुवा बन्दुक फेला पारेको डिएपी तिवारीले बताए ।तामाङलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा ८ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तिवारीले बताए । घाइते महिलाको पोखरास्थिति फिस्टेल अस्पतालमा उपचार भइरहेको डिएपी तिवारीले बताए । महिलाको अवस्था सामान्य रहेको तिवारीको भनाइ छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]