२९ माघ २०८१, मंगलबार
11-02-2025 , Tue
×

गयराति दाङको ३ फर्निचर उद्याेगमा आगलागी,करोडौं रुपैयाको क्षती

Logo
प्रकाशित मंगलबार, कार्तिक ०८, २०७९


(सागर थापा)
दाङ । घाेराहीको फर्निचर उद्याेगमा आगलागी हुदा करोडाैँकाे क्षति भएकाे छ ।

घोराही उपमहानगरपालिका-१५ उमेशमार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा फर्निचर उद्याेग पूर्ण रूपमा क्षति भएका छन् ।

न्यू दाजुभाई फर्निचर उद्योग, दाजुभाई फर्निचर उद्योग र स्टार दाजुभाई उद्योग गरि तीन वटा फर्निचर उद्योगमा आगलागी भएकाे वडा प्रहरी कार्यालय घोराहीका प्रमुख एवं प्रहरी निरीक्षक गजेन्द्र शाहीले जानकारी दिनुभएको छ । आगलागीबाट करडाैँकाे क्षति भएकाे अनुमान गरिएकाे छ ।

प्रहरीका अनुसार राति करिब १२ बजेतिर लागेकाे आगाे बिहान साढे ४ बजे नियन्त्रणामा आएकाे थियाे ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीले घाेराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाकाे दमकलको सहयाेगमा आगाे नियन्त्रणमा लिएकाे हाे । तिहारमा लक्ष्मीपूजामा बालिएकाे बत्तिका कारण आगलागी भएकाे हुन सक्ने आशंका गरिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल प्रहरी प्रधान कार्यालय,नक्साल काठमाण्डौका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईद्वारा दाङ राप्‍ती गाँउपालिका वडा नं. ५ स्थित ईलाका प्रहरी कार्यालय सिसहनिया दाङको परिसरमा नव-निर्मित कार्यालय भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि एआईजी राईद्वारा ईलाका प्रहरी कार्यालय सिसहनियाको अवलोकन निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको मातहत समेतबाट सम्पादन गरिएका कार्यसम्पादनहरुको समिक्षा एवं आगामी कार्ययोजना सम्बन्धि छलफल गरीएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की लागायत बाँके जिल्ला मातहत प्रहरी इकाई प्रमुखहरुको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

  काठमाडौं । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले ‘ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशीलाई उन्मुक्ति दिइएको’ विषयमा प्रश्न गर्दा एसएसपी अधिकारीले भने, ‘हामीलाई पार्टीसँग कुनै सरोकार छैन।’ उनले घटनामा संलग्न पाँच जनामाथि अनुसन्धान अघि बढाइएको र थप संलग्नता देखिए ‘एक हजार प्रतिशत कारबाही’ गरिने प्रतिबद्धता जनाए। गत बिहीबार नेकपा […]

error: Content is protected !!