०१ फाल्गुण २०८१, बिहिबार
13-02-2025 , Thu
×

केनाईन कार्यालय काठमाडौं महाराजगंज कुकुर पूजा सम्पन्न

Logo
प्रकाशित मंगलबार, कार्तिक ०८, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । यमपञ्चकको दोस्रो दिनका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग केनाईन कार्यालय महाराजगंजमा आयोजित कार्यक्रमबीच सोमबार कुकुर पूजा सम्पन्न भएको छ ।

कार्यक्रममा उक्त कार्यालयकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरूङले कार्यालयमा रहेका विभिन्न तालिम प्राप्त कुकुरहरूलाई पूजा गरिन् । साथै उनले यस वर्षको उत्कृष्ट कुकुर ‘पप्पी’, आज भएका प्रतियोगितामा दौडमा उत्कृष्ट हुने कुकुर ‘रुरु’, हाइजम्पमा उत्कृष्ट हुने कुकुर ‘रिया’ र बाधापारमा उत्कृष्ट हुने कुकुर ‘रोज’लाई पुरस्कार तथा मेडल प्रदान गरिन् ।

उक्त अवसरमा प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले स्वागत मन्तव्य व्यक्त गर्दै विभिन्न स्थानको अपराध अनुसन्धान गर्न नेपाल प्रहरीका कुकुरहरूले पुर्‍याएको सहयोगबारे जानकारी दिएका थिए ।

कार्यक्रममा कार्यालयमा रहेका तालिम प्राप्त कुकुरहरुले बाधापार, ट्रयाकर डगको काम, रेस्क्यू डगको काम, रनिङ्ग कम्पिटिसन, हाईजम्प कम्पिटिसन, सबुदको खोजी कार्य, अपराधीको खोजी एवं पहिचान, हातहतियार तथा विष्फोटक पदार्थ खोजी एवं पहिचान, लागूऔषध खोजी एवं पहिचान, रिमोट कन्ट्रोल कला पर्दशनी, डग आकृती बनाउने, आज्ञापालन कला प्रदर्शनी लगायतका कार्यहरु गरेका थिए ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान लगायतका कार्यमा तालिमप्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । साथै सोही अवसरमा प्रदेशका केनाईन कार्यालयहरुमा समेत आजै कुकुर पूजा गरिएको थियो ।

कार्यक्रममा प्रहरी अधिकृतहरु, संचारकर्मीहरू एवम् स्थानीय बासिन्दाहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक […]

नेसपा नयाँ शक्तिको मत गणना जारी अध्यक्ष पदमा भट्टराई र चापागाईंबीच प्रतिस्पर्धा काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा खसेको मत गणना जारी छ माघ २९ गते राति मतगणना सकिएको थियो। बुधबारदेखि मतगणना सुरू भए पनि अहिलेसम्म सकिएको छैन। पहिले केन्द्रीय सदस्यहरू र त्यसपछि पदाधिकारीका लागि खसेको मतगणना गरिएको हो। अध्यक्ष पदमा […]

  काठमाडौं । प्रहरी स्रोतका अनुसार आईजीपी कुँवरले अवकाश अघि नै बिदामा बस्ने इच्छा देखाएका छन्। उनी सम्भव भए एक महिनाअघि नै बिदा बस्न चाहन्छन्। तर, उनले बिदा पाउने सम्भावना न्यून छ। यदि उनले बिदा लिन चाहेमा सरकारले एक महिनाअघि नै कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ।प्रहरी नियमअनुसार आईजीपीकै ब्याचका अधिकारीलाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना कम देखिन्छ। ५ चैतमा को बन्नेछन् नेपाल […]

error: Content is protected !!