२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

तिहारको लागि भारतबाट ३ लाख माला नेपालमा आयात्ज

Logo
प्रकाशित मंगलबार, कार्तिक ०८, २०७९

(ABC-Sanchar)
काठमाडौं । नेपाल फ्लोरिकल्चर एसोसिएशनका अनुसार यस वर्षको तिहारका लागि अपुग ३ लाख माला आयात भएको हो ।

तिहारमा यसपटक २० लाख सयपत्रि फूलको माला खपत हुने एसोसिएशनको आँकलन छ । जसमध्ये स्वदेशमा उत्पादित सयपत्रिबाट १७ लाख माला बन्ने र बाँकी ३ लाख माला आयात गर्नुपर्ने एसोसिशएनका अध्यक्ष मिनबहादुर तामाङले बताए ।

प्रतिगोटा ४० देखि ५० रुपैयाँ पर्ने २० लाख सयपत्रि मालाको कूल मूल्य ११ करोड हुने आउने बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष मालाको मूल्य प्रतिगोटा १० देखि २० रुपैयाँ बढेको बताइएको छ । गत वर्ष सयपत्रिको प्रतिगोटा मालाको मूल्य ३० रुपैयाँदेखि ४० रुपैयाँ कायम थियो । गत वर्ष करिब १० करोड रुपैयाँ बराबरको १८ लाख सयपत्रि माला बिक्री भएको थियो । यसवर्ष गत वर्षको तुलनामा मालाको माग झण्डै ११ प्रतिशतले बढेको एसोसिएशनले जनाएको छ ।

यसैगरी, यो वर्षको तिहारमा करिब १५ हजार गोदावरी फूलको माला बिक्ने एसोसिशएनले जनाएको छ । र, यसको मूल्य प्रतिगोटा ४०० रुपैयाँकादरले करिब ८० लाख रुपैयाँ हुने बताइएको छ । यस्तै, करिब १ लाख मखमली फूलको माला बिक्ने र यसको मूल्य प्रतिगोटा ४० रुपैयाँका दरले १ करोड ७० लाख रुपैयाँ बराबरको माला बिक्ने एसोसिएशनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]