२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

तिहारको लागि भारतबाट ३ लाख माला नेपालमा आयात्ज

Logo
प्रकाशित मंगलबार, कार्तिक ०८, २०७९

(ABC-Sanchar)
काठमाडौं । नेपाल फ्लोरिकल्चर एसोसिएशनका अनुसार यस वर्षको तिहारका लागि अपुग ३ लाख माला आयात भएको हो ।

तिहारमा यसपटक २० लाख सयपत्रि फूलको माला खपत हुने एसोसिएशनको आँकलन छ । जसमध्ये स्वदेशमा उत्पादित सयपत्रिबाट १७ लाख माला बन्ने र बाँकी ३ लाख माला आयात गर्नुपर्ने एसोसिशएनका अध्यक्ष मिनबहादुर तामाङले बताए ।

प्रतिगोटा ४० देखि ५० रुपैयाँ पर्ने २० लाख सयपत्रि मालाको कूल मूल्य ११ करोड हुने आउने बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष मालाको मूल्य प्रतिगोटा १० देखि २० रुपैयाँ बढेको बताइएको छ । गत वर्ष सयपत्रिको प्रतिगोटा मालाको मूल्य ३० रुपैयाँदेखि ४० रुपैयाँ कायम थियो । गत वर्ष करिब १० करोड रुपैयाँ बराबरको १८ लाख सयपत्रि माला बिक्री भएको थियो । यसवर्ष गत वर्षको तुलनामा मालाको माग झण्डै ११ प्रतिशतले बढेको एसोसिएशनले जनाएको छ ।

यसैगरी, यो वर्षको तिहारमा करिब १५ हजार गोदावरी फूलको माला बिक्ने एसोसिशएनले जनाएको छ । र, यसको मूल्य प्रतिगोटा ४०० रुपैयाँकादरले करिब ८० लाख रुपैयाँ हुने बताइएको छ । यस्तै, करिब १ लाख मखमली फूलको माला बिक्ने र यसको मूल्य प्रतिगोटा ४० रुपैयाँका दरले १ करोड ७० लाख रुपैयाँ बराबरको माला बिक्ने एसोसिएशनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!