३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

रातमा लुकेर फोहोर फाल्नेमाथि कारबाही नगर प्रहरीको गस्ती २५ हजार जरिबाना

Logo
प्रकाशित शुक्रबार, कार्तिक ११, २०७९


(ABC-Sanchar)
काठमाडौँ । महानगरपालिकाले रातिको समयमा जथाभाबी फोहोर फाल्नेमाथि कारबाही सुरु गरेको छ । सार्वजनिक स्थलमा लुकिछिपी फोहोर फाल्नेलाई लक्षित गर्दै रातिको समयमा नगर प्रहरी खटाउन सुरु गरिएको महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।

एसपी पाण्डेका अनुसार सार्वजनिक स्थलमा जथाभाबी फोहोर फाल्नेलाई फोहोरको प्रकृति र मात्रा हेरेर १ हजारदेखि २५ हजारसम्म जरिबाना तिराउने गरिएको छ । रातिको समयमा चारवटा समूह बनाएर खटिएको २० जनाको टोलीले जथाभाबी फोहोर फालेको भेट्टाए तत्काल पक्राउ गरेर कार्यालयमा थुन्ने गरेको छ ।

महानगरको नीति बमोजिम जरिबाना तिराउने काम भइरहेको एसपी पाण्डेले बताए । महानगरले फोहोरको दीर्घकालीन समाधान नखोज्दा पटक–पटक फोहोरको समस्या देखिँदै आएको छ । केही महिनायता निरन्तर फोहोर उठ्दै आएको महानगरले जनाएको छ ।

महानगरका अनुसार रातिको समयमा सार्वजनिकस्थलमा फोहोर फाल्ने प्रवृत्ति अन्त्य गर्न सो काम थालिएको हो । चर्को जरिबाना तिर्नुपर्ने डरले पनि फोहोर नफाल्ने बानी बसाल्न सजिलो हुने महानगरले जनाएको छ ।

नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार साउनमा एक लाख ५२ हजार ५००, भदौमा ९९ हजार ५०० र असोजमा १ लाख ४८ हजार ५०० रुपैयाँ जरिबाना तिराइएको छ । महानगरले आम सर्वसाधारणलाई लुकिछिपी सार्वजनिकस्थलमा जथाभाबी फोहोर नफाल्न अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]