२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

रातमा लुकेर फोहोर फाल्नेमाथि कारबाही नगर प्रहरीको गस्ती २५ हजार जरिबाना

Logo
प्रकाशित शुक्रबार, कार्तिक ११, २०७९


(ABC-Sanchar)
काठमाडौँ । महानगरपालिकाले रातिको समयमा जथाभाबी फोहोर फाल्नेमाथि कारबाही सुरु गरेको छ । सार्वजनिक स्थलमा लुकिछिपी फोहोर फाल्नेलाई लक्षित गर्दै रातिको समयमा नगर प्रहरी खटाउन सुरु गरिएको महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।

एसपी पाण्डेका अनुसार सार्वजनिक स्थलमा जथाभाबी फोहोर फाल्नेलाई फोहोरको प्रकृति र मात्रा हेरेर १ हजारदेखि २५ हजारसम्म जरिबाना तिराउने गरिएको छ । रातिको समयमा चारवटा समूह बनाएर खटिएको २० जनाको टोलीले जथाभाबी फोहोर फालेको भेट्टाए तत्काल पक्राउ गरेर कार्यालयमा थुन्ने गरेको छ ।

महानगरको नीति बमोजिम जरिबाना तिराउने काम भइरहेको एसपी पाण्डेले बताए । महानगरले फोहोरको दीर्घकालीन समाधान नखोज्दा पटक–पटक फोहोरको समस्या देखिँदै आएको छ । केही महिनायता निरन्तर फोहोर उठ्दै आएको महानगरले जनाएको छ ।

महानगरका अनुसार रातिको समयमा सार्वजनिकस्थलमा फोहोर फाल्ने प्रवृत्ति अन्त्य गर्न सो काम थालिएको हो । चर्को जरिबाना तिर्नुपर्ने डरले पनि फोहोर नफाल्ने बानी बसाल्न सजिलो हुने महानगरले जनाएको छ ।

नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार साउनमा एक लाख ५२ हजार ५००, भदौमा ९९ हजार ५०० र असोजमा १ लाख ४८ हजार ५०० रुपैयाँ जरिबाना तिराइएको छ । महानगरले आम सर्वसाधारणलाई लुकिछिपी सार्वजनिकस्थलमा जथाभाबी फोहोर नफाल्न अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]