३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

खुकुरी प्रहार गरी एक युवकको हत्या

Logo
प्रकाशित शनिबार, कार्तिक १२, २०७९

चितवन । चतिवनको माडी नगरपालिका-४ घोसरीमा एक युवककाे हत्या भएकाे छ ।

सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथी अन्दाजी ३३ वर्षीय जीवन नेपालीको खुकुरी प्रहार गरी हत्या गरेकाे माडी प्रहरीले जनाएको छ ।

घटनास्थल नजिकै रगतमा लतपतिएको खुकुरी प्रहरीले फेला पारेको छ । परियारको हत्या गरेको आरोपमा प्रहरीले उनकै साथी नवलपरासी बस्ने ३४ वर्षीय एक युवकलाई माडी–३ इनारबरुवाबाट पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरिएका व्यक्तिको पहिचान खुलाएको छैन ।

अनुसन्धानकै क्रम चलेकाले हत्या आरोपित व्यक्तिको पहिचान नखुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । नेपालीको शुक्रबार राती करिब १० बजे हत्या भएको अनुमान गरिएको छ ।

घटनास्थलमा अत्यधिक रगत बगेको र भुईंमा घोप्टिएको अवस्थामा नेपालीको शव भेटिएपछि स्थानीयले प्रहरीलाई राती १२ बजे खबर गरेका थिए । नेपालीमाथि खुकुरी प्रहार गरेर भाग्ने क्रममा आरोपितले घोसरी गाउँमै घरमा सुतिरहेकी एक महिलाको गहना समेत लुटपाट गरेका थिए । रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  ABC (क्राईमबिट) काठमाडौं । आइतबार साँझ अन्डवेयर, हुडी र पाइन्टमा लेपन गरिएको सुन सहित कपडाको तौल ५ केजी १ सय ग्राम सुन बरामद गरेको हो । सुनसहित फ्लाई दुबईबाट काठमाडौँ ओर्लिएका भारतीय नागरिकलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ABC (क्राईमबिट) काठमाडौं । महानगरपालिका-५ मालिगाउँबाट स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही सियारी गाउँपालिका-७ बस्ने २८ वर्षीय समिर सुनार र २९ वर्षीय मिलन बिक रहेका छन् । उक्त स्थानमा मिलन समेतका व्यक्तिहरूले हुण्डी सम्बन्धी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय […]

  (ABC-Sanchar) काठमाडौं । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले चैनपुर नगरपालिका–१ नूनढाकीका ४२ वर्षीय दिलकुमार चोङवाङ रहेको जानकारी दिए । पेस्तोल बोकेर हिँडडुल गर्ने गरेको विशेष सूचनाको आधारमा प्रहरी चौकी नूनढाकी र सङ्खुवासभाको संयुक्त प्रहरी टोलीले एक थान कटुवा पेस्तोलसहित चोङवाङलाई आइबार पक्राउ गरिएको प्रहरी निरीक्षक जबेगुले बताए । बरामद भएको कटुवा […]