२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

स्पेनबाट कतार आउन लागेका फुटबल फ्यान इरानमा परे पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक १२, २०७९

अर्को महिना कतारमा हुने फिफा विश्वकप हेर्न दक्षिणी युरोपेली मुलुक स्पेनबाट हिँड्दै आइरहेका एकजना फ्यान इरानमा पक्राउ परेका छन्।

अलजजिरा टेलिभिजनका अनुसार गत जनवरीमा म्याड्रिड नजिकैको घरबाट कतारका लागि हिँडेका ४१ वर्षका सान्टिएगो सान्चेज कोजेडोर अक्टोबरको सुरूमा इराकबाट इरानको सीमामा प्रवेश गरेका थिए। स्पेनदेखि इरानसम्मको यात्रा उनले हिँड्दै र कुनै ठाउँमा डुंगामा चढेर पार गरेका थिए। उनी इरान हुँदै कतार जान लागेका थिए।

बाटोमा उनी कुनै ठाउँमा आफूले बोकेको टेन्टमा सुत्थे भने कुनै ठाउँमा होटलमा पनि बस्थे। उनले आफ्नो यात्राका विवरणहरू सामाजिक सञ्जाल इन्स्टाग्राममा राख्ने गरेका थिए।

एउटा भिडिओमा उनले भनेका थिए- यदि तपाईं आफ्ना सपनाका लागि समयसीमा तोक्नुहुन्न भने ती सपना पूरा गर्न सक्नुहुन्न। यो दिन म हिँड्छु र यो दिन छोड्छु भन्ने तय गर्नेपर्छ ।

इरानमा केही सातायता हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्। गत अक्टोबर १ मा सान्टिएगोले आफ्नो परिवारसँग कुरा गरेका थिए। पछि उनी सम्पर्कविहीन भएका थिए। त्यसपछि उनका आमाबुवाले स्पेनको विदेश मन्त्रालयमा छोराका बारे जानकारी लिइदिन अनुरोध गरेका थिए।

अहिले उनकी आमाले आफ्ना छोरालाई इरानमा सुरक्षाकर्मीले पक्राउ गरेर राखेको र उनको अवस्था सामान्य रहेको जानकारी पाएको बताएकी छन्।

इरानस्थित स्पेनका राजदूतले सान्टिएगोलाई भेट्न दिन इरानी अधिकारीहरूलाई अनुरोध गरेको उनले बताइन्।

इरानी अधिकारीहरूले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]