२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा एक प्रहरी पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक १३, २०७९

अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा एक प्रहरी पक्राउ परेका छन् । कारागारमा लागुऔषध ओसारेको आरोपमा प्रहरी सहायक हवल्दार अपिल भाट पक्राउ परेका हुन्।

गत ३१ असोजमा धनगढी उपमहानगरपालिका– ७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित पक्राउ परेका कैलारी गाउँपालिका ६ बस्ने ३३ वर्षीय यादवकुमार चौधरीको बयानका आधारमा उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले हवल्दार भाटलाई निलम्बन गरेर थुनाम राखेर मुद्दा अघि बढाइएको बताए । दुई साताअघि पक्राउ परेका चौधरीले भाटकै सहयोगमा कारागारका कैदीबन्दीका लागि लागुऔषध ओसारपसार गर्ने गरेको बयान दिएको अनुसन्धानमा संलग्न प्रहरीहरूको भनाइ छ।हवल्दारलाई पनि लागुऔषध मुद्दा चलाउने प्रहरी तयारी छ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]