२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा एक प्रहरी पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक १३, २०७९

अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा एक प्रहरी पक्राउ परेका छन् । कारागारमा लागुऔषध ओसारेको आरोपमा प्रहरी सहायक हवल्दार अपिल भाट पक्राउ परेका हुन्।

गत ३१ असोजमा धनगढी उपमहानगरपालिका– ७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित पक्राउ परेका कैलारी गाउँपालिका ६ बस्ने ३३ वर्षीय यादवकुमार चौधरीको बयानका आधारमा उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले हवल्दार भाटलाई निलम्बन गरेर थुनाम राखेर मुद्दा अघि बढाइएको बताए । दुई साताअघि पक्राउ परेका चौधरीले भाटकै सहयोगमा कारागारका कैदीबन्दीका लागि लागुऔषध ओसारपसार गर्ने गरेको बयान दिएको अनुसन्धानमा संलग्न प्रहरीहरूको भनाइ छ।हवल्दारलाई पनि लागुऔषध मुद्दा चलाउने प्रहरी तयारी छ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]