२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जुवाडेका नाइके बने सेनाका जर्नेल,

Logo
प्रकाशित सोमबार, कार्तिक १४, २०७९

काठमाडौं, १४ कात्तिक । राजधानीमा जुवाको अखडा चलाउँदै आएका नेपाली सेनाका एक जना अवकाशप्राप्त जर्नेल जुवाको खालबाटै समातिएका छन् ।

ललितपुरको धापाखेलस्थित आफ्नै घरमा जुवाको खाल चलाउँदै गरेको अवस्थामा नेपाली सेनाका पूर्व दुईतारे जर्नेल होमकुमार लावतीसहित ६ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको हो ।

लावती अवकाशअघि सेनाको मुद्दा मामिला हेर्ने कानुन विभाग (प्राड विवाक) का प्रमुख थिए । उनको घरमा सधैं जुवाको खाल चल्ने गरेको छिमेकीहरूले खबर गरेपछि प्रहरीले छापा मारेर तास, कौडा, नगदसहित सबैलाई समातेको बताइएको छ ।

स्रोतका अनुसार, पूर्वजर्नेल लावतीले ललितपुरको सातदोबाटो र धापासीहाइटमा दिनहुँ जसो जुवा, तास र कौडा खेलाउने गर्छन् । लावतीका कारण एक दर्जन व्यक्तिको घरबार बिग्रिएको छ । एक हजार प्वाइन्टमा म्यारिज खेलाउने पूर्व जर्नेल लावतीले जुवामा हार्नेहरूलाई कागज गरेर मिटर व्याजमा पैसा ऋणमा पनि लगाउने गरेको पाइएको छ ।

लावतीले ललितपुरका खुँखार जुवाडे भनेर नाम कहलिएका सचिन महर्जनसँग सेटिङ मिलाएर गर्छन् । महर्जनले जुवा खेलेरै करोडौँको सम्पत्ति जोडेका छन् । सामान्य परिवारका सचिन महर्जनसँग अहिले एक अर्बभन्दा धेरै सम्पत्ति छ ।

ललितपुरमा जुवाडेका रूपमा कहलिएका महर्जनले सट्टेबाजीमा पनि काम गर्छन् । जुवा खेल्न आउने जुवाडेलाई लावती र सचिन महर्जन मिलेर कङ्गाल बनाउने गरेको आरोप छ ।दैनिक नेपालबाट ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!