२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दुई जना मृत अवस्थामा फेला

Logo
प्रकाशित मंगलबार, कार्तिक १५, २०७९

काठमाडौँका विभिन्न स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । टोखा नगरपालिका–८ बानियाँटार गैरीगाउँ डेरा गरी बस्ने काभ्रे घर भएका २५ वर्षीय पासाङ लामा आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी काठमाडौँकै शंखरापुर नगरपालिका–५ खोरियास्थित खोल्सामा सोही नगरपालिका पालुबारी बस्ने ७५ वर्षीय माइला परियार सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।त्यस्तै ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका(२ बस्ने ५४ वर्षीया मिना लिम्बु सोही ठाउँस्थित काबेली नदीको किनारमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । आइतबार दिउँसोदेखि हराएकी उनको प्रहरी चौकी थेचम्बुबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्न क्रममा उनको शव फेला पारेको हो ।सिरहाको लहान नगरपालिका२२ पटेर्वास्थित हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यता धनुषाको जनकपुर उपमहानगरपालिका-४ गोपाल धर्मशालाको बाहिरी कम्पाउण्डको छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]