२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मृत भेटिए एक पुरूष

Logo
प्रकाशित मंगलबार, कार्तिक १५, २०७९

काठमाडौंको न्युरोडमा एक जना पुरूष मृत फेला परेका छन्।

मंगलबार बिहान काठमाडौं महानगरपालिका-२४ जुद्ध शालिक नजिकै एक पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

बिहान पौने ७ बजेतिर सडकमा कुच्चो लगाउन आएका मानिसले पुरूष मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।

अन्दाजी ४५ वर्षीय पुरूषको पहिचान खुलेको छैन। उनी ज्याला मजदुरी गर्ने व्यक्ति भएको खुलेको छ।

घटना भने शंकास्पद रहेको एसपी मैनालीले बताए। मृतकको निधारमा चोट पनि देखिएको छ।

घटनाको खबर पाएपछि प्रहरी वृत्त जनसेवाबाट डिएसपीसहितको टोली घटनास्थलमा पुगेको थियो। परिसरबाट पनि एसएसपी, एसपी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी, एसपी लगायतको टोली पनि खटिएको थियो।

त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जका फरेन्सिक चिकित्सकसमेत घटनास्थलमा पुगेका थिए।

केन्द्रीय प्रहरी केनाइन कार्यालय महाराजगन्जबाट तालिम प्राप्‍त कुकुरसमेत खटाएको थियो।

प्रहरीले मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको छ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]