०८ जेठ २०८१, मंगलबार
21-05-2024 , Tue
×

१६ वर्षीया किशोरी बलात्कृत

Logo
प्रकाशित मंगलबार, कार्तिक १५, २०७९

काठमाडौँमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ  बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित गेस्ट हाउसमा लगेर विभिन्न मितिमा पटक पटक जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातिर्थस्थित बौथली चोकबाट पक्राउ गरेको  प्रहरीले जानकारी दिएको छ ।यता भक्तपुरमा १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रूपक खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । खड्काले ती बालिकालाई पटक पटक जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका ९ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक […]

(ABC-Sanchar) काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले ऐतिहासिक तथा सांस्कृतिक महत्त्व र पहिचान बोकेको ललितपुरस्थित पाटनको विभिन्न धार्मिक क्षेत्रहरूमा यात्रा गरेका छन् । सोमबार पूर्वराजाले पाटन क्षेत्रमा पूजा तथा अवलोकन गरेका हुन् । उनले बङ्गलामुखी मन्दिर, हिरण्य वर्ण महाविहार र कृष्ण मन्दिरमा पूजाआजा गरेका छन् । त्यस अवसरमा पूर्वराजाको स्वागतका क्रममा राजावादीहरूले मोटरसाइकल र्‍यालीसहित शक्ति प्रदर्शन […]

ABC (क्राईमबिट) कपिलवस्तु । सशस्त्र प्रहरी सिमा सुरक्षा बल महाराजगन्ज कपिलवस्तुको टोलीले भारतबाट भित्रीएको २ लाख ९० हजार रुपैयाँ बराबरका अवैध सामाग्री सहित २ वटा मोटरसाइकल बरामद गरिएको हो । पानी तान्ने मोटर र मोटरसाइकल बरामद गरेको शसस्त्र प्रहरी उपरीक्षक राम जंग पाण्डेले जानकारी दिनुभयो । जिल्लाको महाराजगन्ज नगरपालिका १ गैडहवा चोक नजिकै कच्चीबाटो छेउमा […]