२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतबाट डिजेलको मुल्य बढेर आयो नेपालमा पनि मुल्य बढने संकेत

Logo
प्रकाशित मंगलबार, कार्तिक १५, २०७९

(ABC-Sanchar)
काठमाडौँ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेलको मूल्य बढाएर पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल प्रतिलिटर ६ रुपैयाँ बढेर आएको छ भने पेट्रोल प्रतिलिटर ६० पैसा बढेर आएको छ । नयाँ मूल्यसूचीपछि आयल निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ नोक्सान हुने भएको छ ।

पेट्रोल तथा हवाई इन्धनमा भएको नाफाका कारण हाल समग्रमा निगम नाफामै छ । आईओसीले निगमलाई कच्चा तेलको मूल्य र आफ्नो लागत खर्चलाई समेत समायोजन गर्दै १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार ९१ बजे० डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ८७ डलर, ब्रेन्टको ९४ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।